Home / Blogs / सस्तो मूल्यमा नयाँ फिचर सहित कियाको नयाँ कार सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

सस्तो मूल्यमा नयाँ फिचर सहित कियाको नयाँ कार सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

किया मोटर सेल्टोसको साथमा दक्षिण एसिया प्रवेश गरेको थियो । कम्पनीले आफ्नो तेस्रो कार अगस्त वा अक्टुबरमा  सार्वजनिक गर्नेछ । सो कारको प्रतिस्पर्धी मारुती सुजुकी अर्टिगा र महिन्द्रा मराजो हुनेछ । कियाले नयाँ कार किया सोनेट सार्वजनिक गर्ने तयारीमा रहेको छ । सो कारको पेट्रोल र इलेक्ट्रिक दुबै भर्सनमा सार्वजनि गर्नेछ । सो कार अटो एक्सपोमा सार्वजनिक भइसकेको छ । जसमा सो कारलाई राम्रो प्रतिक्रिया मिलेको थियो ।

किया सोनेट एसयूभी ३ इन्जिनको विकल्पमा उपलब्ध हुनेछ । यसमा १ लिटर पेट्रोल इन्जिन, १.२ लिटर पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन समावेश रहेको छ । कारको १.० लिटर इन्जिनले ११८ बीएचपीको पावर, १.२ लिटर पेट्रोल इन्जिनले ८२ बीएचपीको पावर र १.५ लिटर डिजेल इन्जिनले ९९ बीएचपीको पावर जेनेरेट गर्छ ।

सेल्टोसमा जस्तै कियाको सो नयाँ एसयूभीमा लेटेस्ट फिचर हुनेछ । यसमा लेटेस्ट स्मार्टफोन कनेक्टिभिटीको साथमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरेको छ । सो कार यूभीओ कनेक्ट कनेक्टेड कार टेक्नोलोजी समावेश गरेको छ जसमा ५ फरक प्रकारको ३७ फिचर समावेश गरेको छ ।

सोनेटमा सेल्टोसमा जडान गरेको १.४ लिटर टर्बाेचाज्र्ड पेट्रोल इन्जिन हुनेछ, जसले १३८ एचपीको पावर र २४२ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड म्यानुअल र ७ स्पिड ड्युल क्लच अटोमेटिक ट्रान्समिशनको विकल्प रहेको छ । म्यानुअल ट्रान्समिशनको साथमा यसको माइलेज १६.१ किलोमिटर र अटोमेटिक ट्रान्समिशनको साथमा १६.५ किलोमिटर प्रति लिटर रहेको छ । सो कार ९.७ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको गति दिने क्षमता रहेको छ । सो इन्जिन जीटी लाइनमा मात्र उपलब्ध रहेको छ ।

Our latest comments