नेपालको लागि यामाहा टू ह्वीलर्सको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज प्रालिले क्लासिक युरोपियन स्टाइलको फसिनो १२५ नेपालमा सार्वजनिक गरेको छ । अल न्यू फसिनोमा १२५ सीसी एफआइ बीएस ६ इन्जिनमा सार्वजनिक भएको हो । योसँगै नेपालमा पहिलो बीएस६ इन्जिनको दुइ पाग्रे फसिनो १२५ बनेको छ । यो इन्जिल पुरानो फेसिनोको तुलनामा सशक्त छ भने यसको पावर क्षमतामा ३० प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ ।
यसका साथै यो एफआई बीएस ६ इन्जिनले इन्धनको बचत समेत १६ प्रतिशत ज्यादा गर्छ । यो स्कुटरको तौल ९९ केजी रहेको छ भने यो सेग्मेन्ट कै हलुका स्कूटर पनि हो । नयाँ फसिनो १२५ एफआइमा स्मार्ट मोटर जेनेरेटर (एसएमजि) पनि जडान गरिएको छ, जसले विद्युतीय नियन्त्रणहरु प्रयोग गरेर बटनलाई एक दवाब दिने बित्तिकै सजिलै इन्जिन सुचारु गराउँछ र अन्तर्राष्ट्रिय यामाहा सिरिजहरुमा भए जस्तै साइड स्ट्याण्ड इन्जिन कट–अफ स्वीच पनि यसमा रहेको छ ।
यो स्कूटरमा यूबीएस ब्रेकिङ्ग सिस्टमका साथ फ्रन्टमा डिस्क ब्रेक रहेको छ । यसमा रहेको नयाँ विशेषताहरु र प्रविधिहरुका साथसाथै फेसिनो १२५एफआइ को बनावट क्लासिक युरोपियन स्टाइलमा रहेको छ । फसिनो १२५एफआई नेपाली बजारमा बिभिन्न ५ रङ्गहरुमा उपलब्ध रहेको छ । ‘फेस्सिनो अझै पनि यामाहा परिवारमा हामीले सुन्दै आएको एक ख्यातिप्राप्त नाम हो ।
कोरोनाका कारण वर्तमानमा घरमै बस्नुपर्ने अवस्थालाई मध्यनजर राखेर कम्पनीले नेपालभरका लागि अनलाइन सर्भिसमार्फत्सेवा पु¥याउन आफ्ना ग्राहक सहायता टिमलाई बुकिङ्गमा सहयोग प्रदान गर्न परिचालन गरेको कम्पनीले जानकारी दिएको छ । ग्राहकले यामाहाको आधिकारिक वेवसाइट https://www.yamaha.com.np/ मार्फत यो स्कुटर बुकिङ गर्न सक्नेछन् । यसको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
NEXT NEWS