नेपाली बजारमा किया सोनेट अगस्टमा सार्वजनिक हुने

गत फेब्रुअरीको अटो एक्सपोमा सार्वजनिक गरिएको कन्सेप्ट एसयूभी सोनेट अब प्रोडक्सन भर्सनमा आउने भएको छ । सो एसयूभी आगामी अगस्टमा सार्वजनिक हुने भएको छ। सो एसयूभी यही वर्षको मध्यमा वर्ल्ड प्रिमियर गरिने छ । कियाले भारतमा तेस्रो उत्पादनको रुपमा सोनेट ल्याउने भएको हो । यो भन्दा पहिले सेल्टोस र कार्निभल सार्वजनिक भएका छन् । छोटो समयमा निकै नै राम्रो बजार लिने ब्रान्डको रुपमा कियाले बजारमा पहिचान कायम गरेको छ ।

नेपाली बजारमा पनि किया सेल्टोस सार्वजनिक भइसकेको छ । कार्निभल आउन बाँकी छ । सोनेट पनि वर्ल्ड प्रिमियर पश्चात नेपालमा पनि आउने अनुमान गर्न सकिन्छ । किया सेल्टोस भित्रिएको एक वर्षको उपलक्ष्यमा सोनेट पनि लन्च गरेर उत्सव मनाउने अनुमान गरिएको छ । सो कार तीन इन्जिन अप्सनमा उपलब्ध हुनेछ ।

यसमा १.० लिटर टर्बो पेट्रोल इन्जिन हुनेछ, जुन डीसीटी र म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । त्यसैगरी १.२ लिटरका साथ इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिसन र १.५ लिटर डिजेल इन्जिनका साथ ६–स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन हुनेछ ।

किया सोनेटको प्रतिस्पर्धा मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यु, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० जस्ता सब–कम्प्याक्ट एसयूभीसँग हुनेछ ।

Share Page

Related tags to article

0 Comments

Write a comment

menu
menu