Home / Blogs / यात्री मोटरसाइकल अब ड्युअल स्पोर्ट इलेक्ट्रिक भर्सनमा आउने
  • Upcoming Bikes
  • 0

यात्री मोटरसाइकल अब ड्युअल स्पोर्ट इलेक्ट्रिक भर्सनमा आउने

Nepal Auto Trader

Share this News

image

नेपाली युवाहरुले मिलेर स्थापना गरेको स्टार्टअप कम्पनी यात्री मोटरसाइकलले अर्को इलेक्ट्रिक मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने भएको छ । यो भन्दा पहिले गत पुस महिनामा कम्पनीले प्रोजेक्ट जिरो अन्तर्गतको यात्री मोटरसाइकल सार्वजनिक गरेको थियो । प्रोटोटाइपको रुपमा डिजाइन गरिएको सो मोटरसाइकल व्यवसायी सौरभ ज्योतिले खरिद गरेका थिए ।

प्रोजेक्ट जिरो अन्तर्गतको प्रोडक्सन भर्सन बाइक यही मार्च महिनामा सार्वजनिक गर्ने योजना भए पनि कोरोना भाइरसको संक्रमण हुने डरले गरिएको लकडाउनका कारण सम्भव हुन सकेन । कम्पनीले यसको लागि आवश्यक तयारी गरिरहेको छ । अब सन् २०२१ को मार्चमा नयाँ ड्युअल स्पोर्ट इलेक्ट्रिक मोटरसाइकल बजारमा ल्याउने बताएको छ । हाललाई अर्को मोडल अर्थात प्रोजेक्ट वान अन्तर्गत कार्य अगाडि बढाइएको यात्री मोटरसाइकलका संस्थापक असिम पाण्डेले बताएका छन् ।

प्रोजेक्ट वान अन्तर्गतको मोटरसाइकलको डिस्प्ले र अन्य पक्ष धेरै फरक हुने बताइएको छ । प्रोजेक्ट जिरो अन्तर्गत ५० मोटरसाइकल मात्र उत्पादन गर्ने आफूहरुको योजना भए पनि करिव ४ सय मोटरसाइकलको अर्डर आएको उनले बताए । यही अनुसार प्रोजेक्ट वान अन्तर्गत भने धेरै संख्यामा मोटरसाइकल उत्पादन गरिने उनको भनाइ छ । सन् २०२२ पश्चात १० हजार युनिट भन्दा बढी मोटरसाइकल बिक्रीका लागि उपलब्ध गराउने योजना भएको उनले बताए । यसका लागि तराईको कुनै स्थानमा प्लान्ट स्थापना गरिने र अन्य कार्यको तयारी समेत भएको पाण्डेको भनाइ छ ।

SOURCE:


Our latest comments