Home / Blogs / नयाँ इन्जिन सहित नेपालमा आउँदै नयाँ सुजुकी स्वीफ्ट
  • Upcoming Cars
  • 0

नयाँ इन्जिन सहित नेपालमा आउँदै नयाँ सुजुकी स्वीफ्ट

Nepal Auto Trader

Share this News

image

मारुती सुजुकीले आफ्नो चर्चित ह्याचव्याक कार स्वीफ्टको फेसलिफ्ट मोडल चाँडै नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले स्वीफ्टको अगाडिको ग्रिलसहितको तस्विर सार्वजनिक गरेर चाँडै फेसलिफ्ट स्वीफ्ट बजारमा आउने जनाएको हो ।  सन् २००५ मा पहिलो पटक नेपाली बजारमा आएको थियो यो कार भने सन् २०१२ मा सेकेन्ड जेनरेशन मोडल फेसलिफ्ट र सन् २०१७ मा नयाँ केटुएल्भ इन्जिनसहित सार्वजनिक भएको थियो । मारुती सुजुकीले आगामी मार्च २०२१ को पहिलो साता भित्र स्विफ्ट फेसलिफ्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।


सुजुकी स्विफ्ट फेसलिफ्टका केही नयाँ तस्बिर हाल विभिन्न मिडियामा सार्वजनिक भएका छन । तस्बिर अनुसार स्विफ्ट फेसलिफ्ट कारको डिजाइनमा भने खासै परिवर्तन गरिएको छैन । सो कार प्रि– फेसलिफ्ट मोडलको डायमन्ड कट ड्युअल टोन अलोय ह्विलको साथमा उपलब्ध छ । नयाँ स्विफ्ट फेसलिफ्ट १.२ लिटर ४ सिलिन्डर एनए पेट्रोल इन्जिनको साथमा प्रस्तुत गरिने  छ । यो कारले ६००० आरपीएममा ८२ बीएचपी पावर तथा ४२०० आरपीएममा ११३ एनएमको टर्क उत्पादन गर्छ । सो कारमा ट्रान्समिशनको लागि ५ स्पिड म्यानुअल र बैकल्पिकको लागि ५ स्पिड एएमटी गियरबक्स समावेश गरिनेछ ।


नयाँ स्विफ्ट फेसलिफ्टको इन्टेरियरमा नयाँ सिट अपहोल्स्ट्रीको साथै क्याबिन हाल उपलब्ध मोडल जस्तै हुने छ भने इन्स्ट्रयुमेन्ट क्लस्टरको लागि मल्टी कलर एमआईडी, स्मार्टप्ले स्टुडियो टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टमको अपडेट भर्सन समावेश रहने छ । हेडलाइड, डेटाइम रनिङ लाइट र टेल लाइडहरु सबै एलइडी रहने नयाँ स्वीफ्टमा मल्टी कलर डिस्प्ले, फ्ल्याट बटम स्टेरिङ जस्ता फिचर उपलब्ध रहने छ । नयाँ स्वीफ्टमा १५ इन्चको अलोय ह्वील दिइने छ जसले गाडीलाई थप स्टाइलिस र स्पोर्टी बनाउने कम्पनिको दाबी छ ।


मारुती सुजुकीको सर्बाधिक बिक्री हुने कारको रेकर्ड कायम गरेको स्विफ्ट नेपाली बजारमा समेत छिट्टै सार्वजनिक हुने कम्पनिको भनाइ छ । कम्पनीले आफ्नो वेभसाइटमा पनि नयाँ स्वीफ्ट लिस्टेड गरिसकेको छ । नेपाली बजारमा मारुती सुजुकीका कारहरु सर्वाधिक रुचाइने कारहरुमा पर्छ । सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले यो गाडीको नेपाली बजारमा आधिकारीक बिक्री वितरण गर्दै आइरहेको छ । यो कारको मूल्य तय भइसकेको भने छैन । 



Our latest comments