Home / Blogs / सुजुकी स्विफ्ट फेसलिफ्ट अब छिट्टै नेपाली बजारमा आउने
  • Upcoming Cars
  • 0

सुजुकी स्विफ्ट फेसलिफ्ट अब छिट्टै नेपाली बजारमा आउने

Nepal Auto Trader

Share this News

image

मारुती सुजुकीले अब छिट्टै नेपाली बजारमा  स्विफ्ट फेसलिफ्ट सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाली बजारमा मारुती सुजुकीका कारहरु सर्वाधिक रुचाइने कारहरुमा पर्छ । सन् २००५ मा पहिलो पटक नेपाली बजारमा आएको थियो यो कार भने सन् २०१२ मा सेकेन्ड जेनरेशन मोडल फेसलिफ्ट र सन् २०१७ मा नयाँ केटुएल्भ इन्जिनसहित सार्वजनिक भएको थियो । यो सार्वजनिक हुन लागेको कारको केही तस्बिरहरु पनि बजारमा बाहिरिएका छन  ।


नयाँ स्विफ्ट फेसलिफ्ट कारको डिजाइनमा भने खासै परिवर्तन गरिएको छैन । यसको इन्टेरियरमा नयाँ सिट अपहोल्स्ट्रीको साथै क्याबिन हाल उपलब्ध मोडल जस्तै हुने छ भने इन्स्ट्रयुमेन्ट क्लस्टरको लागि मल्टी कलर एमआईडी, स्मार्टप्ले स्टुडियो टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टमको अपडेट भर्सन समावेश रहने छ । यसमा एप्पल कार प्ले तथा एनड्रोइड अटो दुबै सपोर्ट गर्ने टर्चस्क्रीन इन्फोटेन्डमेन्ट सिस्टम दिइने छ । सो कार नयाँ अलोय ह्विलको साथमा उपलब्ध हुनेछ भने ग्रिलको लागि हनीकम्ब मेश डिजाइनको सुविधा पनि हुने छ ।


नयाँ स्विफ्ट फेसलिफ्ट १.२ लिटर ४ सिलिन्डर एनए पेट्रोल इन्जिनको साथमा प्रस्तुत गरिने  छ । यो कारले ६००० आरपीएममा ८२ बीएचपी पावर तथा ४२०० आरपीएममा ११३ एनएमको टर्क उत्पादन गर्छ । सो कारमा ट्रान्समिशनको लागि ५ स्पिड म्यानुअल र बैकल्पिकको लागि ५ स्पिड एएमटी गियरबक्स समावेश गरिनेछ । अनुमान रिपोर्टका अनुसार स्विफ्ट फेसलिफ्टको सुरुवातमा १.२ लिटर के१२एन डुअलजेट माइल्ड हाइब्रिड पेट्रोलको साथमा स्टार्ट स्टप फंक्सनमा उपलब्ध हुने छ जसले ९० पीएसको अधिकतम पावर जेनेरेट गर्दछ ।


मारुती सुजुकीको सर्बाधिक बिक्री हुने कारको रेकर्ड कायम गरेको स्विफ्ट नेपाली बजारमा समेत छिट्टै सार्वजनिक गरिने अनुमान छ ।सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले यो गाडीको नेपाली बजारमा आधिकारीक बिक्री वितरण गर्दै आइरहेको छ । मध्यम बर्गको रोजाइमा यो कार पर्नुको पछाडिको पहिलो कारण मारुती सुजुकीका कारमा भएको रिसेल भ्यालु हो । यो कारको मूल्य तय भइसकेको भने छैन । आहिले नेपाली बजारमा सो कार दुई भेरीयण्ट ‘भी यक्स आई’ र ‘जेड यक्स आई’मा उपलब्ध छ ।



Our latest comments