Home / Blogs / नेपाली बजारमा इलेक्ट्रिक कार ल्याउदै होन्डा
  • Upcoming Cars
  • 0

नेपाली बजारमा इलेक्ट्रिक कार ल्याउदै होन्डा

Nepal Auto Trader

Share this News

image

जापानी कम्पनी होन्डा मोटर्स पनि इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गरेको जानकारीहरु बाहिरिएका छन  । कम्पनीले हालै युरोपमा होन्डा ई कम्प्याक्ट मोडल पनि सार्वजनिक गरेको छ । सो कार पुरै सिटी ड्राइभिङका लागि निर्माण गरिएको छ । कम्पनीले टेस्लाको मोडल ३ सेडान कार र औडी एजी जस्तै लामो ड्राइभिङ रेन्ज एसयूभीमा फोकस गरेको छ । सो कार नेपाली बजारमा पनि छिट्टै सार्वजनिक गरिने छ ।

इलेक्ट्रिक कारको ब्याट्रीमा उच्च लागत लाग्ने भएकाले इलेक्ट्रिक साधन निकै महँगो हुने गरेको छ । सो कुरालाई ध्यानमा राखेर होन्डा ईमा टेस्ला मोडल ३ को तुलनामा ब्याट्री क्षमता आधा गरिएको छ । जसले सिंगल चार्जमा २८० किलोमिटरको दुरी तय गर्ने क्षमताको रहेको छ । होन्डाका मुख्य अभियन्ता टोमोफुमी इचिनोसका अनुसार उच्च क्षमताको ब्याट्री शहरी क्षेत्रमा ड्राइभिङको समयमा पुरा प्रयोग नहुने र शहरी क्षेत्रमा सानो कार राम्रो विकल्प हुन सक्छ ।

इलेक्ट्रिक कार उत्पादन गर्ने विश्वका सवारी उत्पादक कम्पनीको प्रतिस्प्रर्धामा होन्डले पनि इलेक्ट्रिक होन्डा ल्याउने जानकारी दिएको हो  । इलेक्ट्रिक कार उत्पादन गर्ने विश्वका सवारी उत्पादक कम्पनीको प्रतिस्प्रर्धामा होन्डले पनि इलेक्ट्रिक होन्डा ल्याउने जानकारी दिएको हो । होन्डा ईको डिजाइन ह्यान्डलिङलाई प्राथमिकता दिइएको छ । सो कार सानो गल्लीमा पनि सजिलै यु टर्न गर्न सक्छ । यसमा साइड मिरर हटाइएको छ । यसको स्थानमा इन्टेरियर डिस्प्ले समावेश गरिएको छ । होन्डाले सन् २०१९ सम्ममा उर्वान इभि कार उत्पादन गर्ने यसअिघनै घोषणा गरिसकेको छ । 

सेडान सेगमेन्टमा रहने उक्त कार एसिया, युरोप तथा अमेरिकमा रुचाइने कार हुने होन्डाले दावी गरेको छ । सो मोडल अहिलेलाई  युरोप र जापानमा मात्र बिक्री गरिनेछ । नेपाली बजारमा यसको आगमन नि छिट्टै होस् भने आशा राखौ ।

Our latest comments