Home / Blogs / होन्डा एनएक्स २०० अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने
  • Upcoming Bikes
  • 0

होन्डा एनएक्स २०० अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

होन्डाले एनएक्स २०० अब छिट्टै बजारमा सार्वजनिक गर्ने जनाएको छ । सन् २०२१ मा प्याटेन्ट दर्ता गरिएको एनएक्स २०० अर्को महिना बजारमा आउने साम्भवाना रहेको कमपनीले जनाएको छ । हर्नेट २.० को प्लेटफर्ममा उत्पादन हुने यो मोटरसाइकल पहिले अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिने छ अनी मात्र नेपाल भित्रिने अनुमान गर्न सकिन्छ । । एनएक्स २०० लाई नेपाल भित्राउन अझै ३/४ महिना लाग्ने स्याकार ट्रेडिङले जानकारी दिएको छ । एनएक्स २०० होन्डाको २.० प्लेटफर्ममा निर्माण गरिएको एड्भेन्चर टुरर मोटरसाइकल हो ।   

 

कम्पनीले यसमा हर्नेट २.० मा प्रयोग भएको १८४.४ सीसी क्षमताको एयरकुल्ड, सिंगल सिलिण्डर इन्जिन प्रदान गरेको छ जुन इन्जिनले अधिकतम १७.२७ पीएस पावर र १६.१ एनएम टर्क प्रदान गर्छ । यसमा टु भल्व, फ्युल इन्जेक्सन सहितको एयरकुल्ड इन्जिन हुनेछ ।  यसमा ५ स्पीडको गियरबक्स रहेको छ । यो मोटरसाइकलमा डबल डिस्क ब्रेकका साथ सिंगल च्यानल एबीएस पनि उपलब्ध छ । एनएक्स २०० मा बक्स टाइप स्वीङआर्म, हर्नेटमा प्रयोग भएको च्याचिस, अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्स पाउन सकिन्छ ।


होन्डा एनएस २०० मा नयाँ डायमन्ड टाइप चेसिस, अफरोड टायर, उच्च ग्राउन्ड क्लीयरेन्स, हाइ माउन्ट एग्जस्ट, स्पोक ह्वील, सिंगल पिस सिट, गोलो आकारको रियरभ्यू मिरर, अपराइट ह्याण्डलबार, अग्लो विन्ड स्कृन र मस्कुलर फ्यूल ट्याङक जस्ता आधुनिक फिचर पाउन सकिन्छ । यसमा पूर्ण रूपमा पूर्ण डिजिटल क्लष्टर रहेको छ भने यू आकारमा तयार भएको एलइडी टेलल्याम्प, एलइडी टर्न इन्डिकेटर, एलइडी हेडल्याम्प पनि दिइएको छ । यसको ह्यान्डल अफरोडका लागि उपयुक्त हुने गरी निर्मित गरिएको छ भने यसमा स्पोक ह्विल पनि दिइएको छ ।


होन्डाले पहिलो पटक भारतमा उत्पादन गरेको एड्भेन्चर मोटरसाइकल एनएक्स २०० अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने छ । एनएक्स २०० को नेपाली बजार मूल्य ४ लाख ५० हजार देखि ५ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा यसको सिधा प्रतिश्पर्धा हिरो एक्सपल्स २०० सँग हुने बताइएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments