Home / Blogs / टीभीएस एनटर्क १२५ बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

टीभीएस एनटर्क १२५ बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

टीभीएस एनटर्क १२५ को बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले सो स्कूटरको विक्री समेत सुरु गरेको  छ । केही दिन अघि काठमाडौंमा यो स्कुटर देखिएको थियो । पहिलो चरणमा आएको स्कुटरको डेलिभरी भएको छ भने केही दिनमा थप स्कुटरको डेलिभरी दिने कम्पनीले जानकारी दिएको छ । २०१८ मा सार्वजनिक भएको टीभीएस एनटर्क १२५ छोटो समयमै सफल स्कुटरका रूपमा स्थापित भएको कम्पनीले पनि बताएको छ । ग्राहकका इच्छा र चाहनाअनुरूपको स्कुटर रहेकाले सबैले मन पराएको कम्पनीले जनाएको छ ।


बीएस ६ एनटर्क १२५ स्कुटरमा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, एफआई इन्जिन रहेको छ । सो इन्जिन बीएस ६ भर्सनमा रहेको कम्पनिको भनाइ छ ।  यो इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । ०.८ लिटर इन्धन क्षमता थप गरिएकाले बीएस ६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिने भएको छ । सो स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, पार्किङ सेन्सर, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । सस्पेन्सलाई कम्पनीले बीएस-४ बाट नै निरन्तरता दिएको छ ।


बीएस ६ एनटर्कमा फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०–६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ । यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सीसीको भन्दा केहि धेरै र १५० सीसीभन्दा सामान्य कम हो ।  यसको पावर र डिजाइनले जो कोहीलाई सहजै लोभ्याउने किसिमको छ ।


नेपाली बजारमा १२५ सीसी सेग्मेन्टमा सर्वाधिक सफल स्कुटर एनटर्क १२५ सीसी सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा आर्कषक आवरणका कारण चर्चामा रहँदै आएको छ । बीएस ६ भर्सनमा आएको सो स्कूटरको माग बजारमा अझै धेरै रहेको जगदम्बा मोटर्सको भनाइ छ । बीएस ६ भर्सनको मूल्य २ लाख ७७ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै यसको बीएस ४ को मूल्य २ लाख ५४ हजार रुपैयाँ रहेको छ । टीभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको ग्राहकहरूमाँझ निकै लोकप्रिय बन्न पुगेको छ ।


Our latest comments