Home / Blogs / स्कोडा कारोक एसयूभी नेपाली बजारमा सार्वजनिक
  • Latest Cars
  • 0

स्कोडा कारोक एसयूभी नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

स्कोडाको नयाँ प्रिमियम एसयूभी कारोक नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ स्कोडा कारोक नेपाल ल्याएको हो ।  कारोक दुई भेरियन्ट एम्बिसन र एम्बिसन प्लस गरी नेपाली बजारमा उपलब्ध छ । नयाँ स्कोडा कारोक विश्वकै पुरानो र स्थापित कार ब्राण्ड मध्य एक हो । स्कोडा कारोक आफ्नो फेमिलीमा सबैभन्दा सुरक्षित एसयूभी पनि मानिन्छ ।


नयाँ स्कोडा कारोक आधुनिक डिजाइन, उदार आकार, क्लास लिडिङ सेफ्टी, इन्टेलिजेन्ट कनेक्टिभिटी, प्रिमियिम ड्राइभिङ र क्याबिन कम्र्फोट फिचर भएको एसयूभी हो । कारोक दुवै भेरियन्टमा २.० लिटर, ६ स्पिड अटोमेटिक ट्रान्समिसन सहितको टर्बोचार्ज्ड डिजेल इन्जिनमा आएको छ । जसले अधिकतम १४० बीएच पावर र ३२० एनएम टर्क प्रदान गर्छ । सो कारोकको लम्बाइ ४,३८२ एमएम, चौडाइ १,८४१ एमएम र उचाइ १,६२४ एमएम रहेको छ ।  त्यसैगरी, यसमा २६३८ एमएमको ह्वीलवेस दिइएको छ । 


स्कोडाको यो प्रिमियम एसयूभीमा सिग्नेचर रेडियटर ग्रिल, अटोमेटिक हेडल्याम्प, एलइडी हेडल्याम्प,गाडीको स्पीड, मौसमअनुसार परिवर्तन हुने हेडल्याम्प र् इलेक्ट्रिकल्लली एडजस्टेबल पानोरामिक सनरुफ जस्ता बिशेषताहरु उपलब्ध छन  ।  यो प्रिमियम एसयूभीमा एप्पल कारप्ले, एन्ड्रोइड अटो र टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम उपलब्ध छ ।  त्यसैगरी, भ्वाइस कमान्ड कन्ट्रोल, एसडी कार्ड रिडर, युएसबी पोर्ट र ब्लुटुथ जीएसएम टेलिफोनी र अडियो स्ट्रिमिङ जस्ता सुविधा छन् । कारोकको ड्यासबोर्डमा ‘ब्ल्याक लेदर अपहोस्ट्रिक’सहित सिल्भर टच दिइएको छ । 


नयाँ स्कोडा कारोकमा ‘एअर केयर फंक्सन’सहितको ‘इन्टेलिजेन्ट टु जोन क्लाइमेट्रोनिक एअर कन्डिसनिङ सिस्टम’ छ ।  यसका साथै, यसमा ‘क्रुज कन्ट्रोल’ र ‘अटोमेटिक रेन सेन्सिङ वाइपर’ समेत यसमा जडान गरिएको छ ।  साथै विना झन्झट ‘मोबाइल कनेक्टिभिटी’का लागि ‘स्मार्टलिंक’ जडान गरिएको छ । नेपालमा स्कोडा कारोक एम्बिसनको मूल्य एक करोड १५ लाख रुपैयाँ र कारोक एम्बिसन प्लसको मूल्य एक करोड २५ लाख रुपैयाँ तोकिएको छ ।

Our latest comments