यामाहा एफजेड इलेक्ट्रीक मोटरसाइकल कन्सेप्ट

यामाहा एफजेड इलेक्ट्रीक मोटरसाइकलको कन्सेप्ट तस्वीर अहिले विभिन्न मिडियामा चर्चामा रहेको छ । भारतीय ट्रान्सपोर्टेसन डिजाइनर आर्यन हुसेनले यामाहाको एफजेडलाई इलेक्ट्रीक कन्सेप्टमा ल्याउन सकिन्छ भनेर डिजाइन तयार पारेका छन् ।

हुसेनले तयार गरेको कन्सेप्ट डिजाइन यामाहा एफजेड १६ बाट प्रभावित रहेको छ । यो इलेक्ट्रीक मोटरसाइकल स्ट्रीट फाइटर डिजाइनमा उनले तयार पारेका छन् ।

स्पोर्टी डिजाइन, आर्कषक एलइडी हेडल्याम्प, गर्डर टाइप सस्पेन्सन, डबल अप स्वीङ आर्म, सिंगल पिस ह्यान्डलबार, एलइडी टेल ल्याम्प जस्ता फिचर रहनेगरि उनले यसको कन्सेप्ट तयार पारेका हुन् ।

यो इलेक्ट्रीक मोटरसाइकल बेल्ट ड्राइभ अबधाराणमा बनाइएको छ भने, यसमा डबल टोन अलाय ह्वील रहेको छ । डिजाइनरले यसको पावर फिगरको बारेमा केही खुलाएका छैनन् । यसको डिजाइन हेर्दा मोटरसाइकल पावरफुल हुने अनुमान गर्न सकिन्छ ।

यी डिजाइनर र यामाहा बीचभने कुनै सबन्ध छैन । हुसेनले यामाहालाई यसको सम्भावना भने देखाएका छन् । आफुलाई इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर उत्पादनमा केन्द्रीत गराउने घोषणा गरेको यामाहालाई यस्तो डिजाइनले उत्साहित बनाएको हुनु पर्छ ।

Share Page

0 Comments

Write a comment

menu
menu