Home / Blogs / ट्यारो बाइक ब्राण्डका तीन मोडल नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
  • Latest Bikes
  • 0

ट्यारो बाइक ब्राण्डका तीन मोडल नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा ट्यारो ब्राण्डको मोटरसाइकल भित्रिएको छ । नेपालका लागि ट्यारोको आधिकारिक वितरक एसजी ग्रुप अन्तर्गतको ओम मोटोक्रप प्रालिले ट्यारो ब्राण्डलाई नेपाली बजारमा भित्र्याएको हो । ट्यारोले जिपी टु २००, जिपी वान २५० आर र जिपी वान ३८० गरी ३ वटा मोडल नेपाली बजारमा सार्वजनिक गरेको हो । इटालियन टेक्नोलोजीमा चीनमा बनेको ट्यारो एक प्रिमियम ब्राण्ड हो जसले नेपाली बजारमा पछील्लो समयमा २ वटा मोडलका स्कुटर उपलब्ध गराएको थियो । 


ट्यारो जिपी वान ३८० मा ३७७.७७ सीसी लिक्वीड कुल ट्वीन सिलिण्डर इन्जिनको दिइएको छ जुन इन्जिनले १६ बीएचपीको पावर र १४.५ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । जिपी टु २०० र जिपी वान २५० आरमा भने लिक्वीड कुल सिंगल सिलिण्डर रहेको छ । जिपी टु २०० मा दिइएको १९७ सीसी लिक्वीड कुल सिंगल सिलिण्डर इन्जिनले १६.७६ बीएचपीको पावर र १७ न्युटन मिटरको टर्क जेनेरेट गर्छ भने जिपी वान २५० मा दिइएको २४९.५ सीसी लिक्वीड कुल सिंगल सिलिण्डर इन्जिनले १७ बीएचपीको पावर र १६.५ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ ।  


ट्यारो मोटरसाइकलमा इएफआई र एबिएस सिस्टम दिइएको छ । यसैगरी ट्यारो मोटरसाइकलमा ड्यासबोर्ड टिएफटी, डबल डिसब्रेक, आधुनिक फ्युल ट्यांक, वाइड ह्यान्डलबार, सबै एलईडी प्याकेज, एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्प, ह्याजार्ड स्विचको साथ एलईडी इन्डिकेटर र पछाडि इन्टिग्रेटेड टेल लाइट, स्पिड गेयर लगायतका विशेषता रहेका छन् । कम्पनीले यसमा सबै डिजिटल डिस्प्लेको प्रयोग गरेको जनाएको छ । ट्यारो बाइकमा ११.५ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ३५ किलोमिटर माइलेज दिनेछ । सो मोटरसाइकल १६० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्न सक्छ ।


नक्साल शोरुम मार्फत ट्यारो मोटरसाइकलको टेष्ट ड्राइभ तथा बुकिङ र खरिद गर्न सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा ट्यारो मोटरसाइकल तथा स्कुटरको मूल्य ३ लाख ३० हजार रुपैयाँदेखि ९ लाख ५० हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ । ‘इटालीमा डिजाइन तथा प्रविधिमा तयार प्रिमियम मोटरसाइकल स्कुटरमा सवार भइ फरक खालको स्टाइलिस अनुभव गर्न सकिनेछ,’ कम्पनीले भनेको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


 


Our latest comments