Home / Blogs / नयाँ एमटी १५ यूएसडी फर्क र डबल च्यानल एबीएस सहित नेपालमा सार्वजनिक हुँदै
  • Upcoming Bikes
  • 0

नयाँ एमटी १५ यूएसडी फर्क र डबल च्यानल एबीएस सहित नेपालमा सार्वजनिक हुँदै

Nepal Auto Trader

Share this News

image

यामाहाले अब छिट्टै एमटी १५ को २०२२ भर्सन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । अहिलेकै डिजाइनमा फिचर थप भएर आउने एमटी १५ मा यूएसडी फर्क र डबल च्यानल एबीएस हुने कम्पनीले जनाएको छ । विभिन्न टिप्पणी अनुसार एमटी १५ को विक्रीमा उच्च गिरावट आए पछी यसको नयाँ मोडल बजारमा ल्याउन कम्पनी अगाडि सरेको हो । यामाहाको बहुप्रतिक्षित मोटरबाइक एमटी–१५ को बीएस ६ इन्जिनयुक्त मोडल हाल नेपाली बजारमा बिक्री हुँदै आएको छ जुन एमटी सिरिजको सबैभन्दा कान्छो र यामाहा आर १५ भी ३ को ‘नेकेड स्ट्रिट फाइटर भर्सन’ हो । 


नयाँ एमटी १५ मा यूएसडी फर्क र डबल च्यानल एबीएस सहित क्वीक सिफ्टर, ट्रयाक्सन कन्ट्रोल, रिभाइज्ड डिजिटल एलसीडी क्लष्टर, यामाहा वाइ कनेक्ट, साइड स्याण्ड इन्जिन कट अफ सेन्सर जस्ता थप नयाँ फिचर दिइने छ । यसाका अलवा यसमा धेरै नयाँ आधुनिक फिचर दिने अनुमान गरिएको छ । यसमा ब्लुटुथ बेस कनेक्टिभिटी, राइडिङ मोड, एभरेज माइलेज, एभरेज स्पीड, इन्जिन टेम्प्रेचर, स्लिप असिस्ट क्लच, टर्विन एलइडी हेडल्याम्प, एलोइ हविल, एलईडी टेल लाइट, कल अर्लट, एमएमएस अर्लट, इमेल नोटिफिकेसन, ब्याट्री लेभल जस्ता बिशेषता पाउन सकिन्छ ।


कम्पनीले नयाँ एमटी १५ को इन्जिनमा भने कुनै परिवर्तन गर्ने छैन ।  एमटी १५ मा १५५ सीसी लिक्विड कुल्ड ४ भल्भ भीभीए इन्जिन दिइएको छ जुन इन्जिनले १८.५ पीएस पावर तथा १३.९ एमएम टर्क जेनेरेट गर्दछ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ । यसको फ्युल इन्जेक्टेड इन्जिन यामाहा आर १५ भी ३ बाट आयात गरिएकोले यसमा पनि भीभीए (भेरिएबल भल्भएक्चुएसन) रहने कम्पनिले जनाएको छ । यसको फ्युल ट्यांकलाई शार्प डिजाइन दिइने छ भने ट्यांकको अगाडिको भागलाई थोरै एक्सटेन्ड गरिने कम्पनीले जनाएको छ । 


यामाहा एमटी १५ को लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम, उचाई १०७० एमएम, ग्राउण्ड क्लियरेन्स १७० एमएम र १३३५ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १० लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ३० किलोमिटर माइलेज दिनेछ । १३८ केजी बजन रहेको एमटी १५ को फ्रन्ट ह्वीलमा २८२ एमएमको रेडियल डिस्क ब्रेक तथा रियर ह्वीलमा २२० एमएमको रोटोर फ्लोटीङ क्यालीपर डिस्क ब्रेक उपलब्ध रहेको छ । यसको टप स्पिड १३० किलोमिटर प्रतिघण्टा रहेको छ ।    


हाल नेपाली बजारमा उपलब्ध बीएस ६ इन्जिनयुक्त एमटी–१५ को मूल्य ४ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ भने नयाँ एमटी १५ २०२२ भर्सन सार्वजनिक भएपछी यसको मूल्य हालको मोडल भन्दा ४० हजार देखि ५० हजार रुपैयाँ सम्म वृद्धि हुने अनुमान गरिएको छ । नेपाली बजारमा यसको सिधा प्रतिश्पर्धा बजाज पल्सर एनएस २००, टीभीएस अपाचे आरटीआर २०० ४ भी र केटीएम २०० ड्युकसँग हुँदै आएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments