निसानले द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले लाइफस्टाइल एडिसन पिकअप केही दिन अघी मात्र सार्वजनिक गरेको थियो । नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टमलगायतका विभिन्न बेस्ट–इन–क्लास टेक्नोलोजी प्रयोग गरी नेपाली बजारमा भित्राएको पायोनियर मोटोकर्पले जनाएको छ । नभारामा एड्भान्स टेक्नोलोजी प्रयोग गरिएकाले नभारालाई अझै एड्भान्स बनाएको कम्पनीले दावी गरेको छ ।
द अल–न्यु नभारामा २.५ लिटर टर्बोचार्ज डिजेल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ३६०० आरपीएममा १८७ हर्स पावर र २००० आरपीएममा ४५० एनएम टर्क प्रदान गर्दछ । यसमा ७ स्पीड अटोमेटिक ट्रान्समिसनका साथ म्यानुअल मोड पनि उपलब्ध छ । नभाराको लम्बाई ५२६० एमएम, चौडाई १८७५ एमएम, उचाई १८५५ एमएम, ३१५० एमएम ह्वीलवेस र २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३३६ लिटर क्षमताको बुट स्पेश र ८० लिटरको इन्धन ट्याङ्की रहेको छ । यसको वजन भने ११३५ केजी रहेको छ ।
द अल–न्यु नभारामा नयाँ फ्रन्ट बम्पर, ग्रिल, हेडल्याम्प, हुड दिइएको छ भने यसको बेड हाइट बढाउनुका साथै यसमा नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ । त्यस्तै यसमा थिन–फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको कम्पनीले जनाएको छ । नभारामा बेटर फ्युल इकोनोमी, ह्यान्डलिङ र राइड कम्फर्ट, आर्म रेस्ट, बेड फङसनालिटी, अफरोड मोनिटर सहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्ट जस्ता फिचर पाउन सकिन्छ ।
सुरक्षाको लागि नभारामा एयरव्याग, भेहिकल डाइनामिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, इबीडीको साथमा एबीएस, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, पार्किङ सेन्सर, आइएसओ फिक्स चाइल्ड सिट र हाई बिम असिस्ट जस्ता फिचर दिइएको छ । यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ जसले एन्ड्रोयड अटो र एपल कारप्ले सपोर्ट गर्दछ । यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्टनर बनाउन सकिने कम्पनीले जनाएको छ ।
द अल-न्यु नभारा विभिन्न ५ भेरिएन्टमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य ९५ लाख ४९ हजार देखि १ करोड १६ लाख रुपैयाँ सम्म निर्धारण गरिएको छ । ग्राहकले नभाराको खरिद आफ्नो नजिकको सोरुम भिजिट गरेर गर्ने सकिने कम्पनीले जनाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।