Home / Blogs / फोर्ड फ्रिस्टाइल फ्लेयर एडिसन सार्वजनिक
  • Latest Cars
  • 0

फोर्ड फ्रिस्टाइल फ्लेयर एडिसन सार्वजनिक

Nepal Auto Trader

Share this News

image

फोर्डले बजारमा फेस्टिभ सिजनको लागि फ्रिस्टाइलको स्पेसल एडिसन सार्वजनिक गरेको छ । सो एसयूभीलाई फोर्ड फ्रिस्टाइल फ्लेयर एडिसनको नामले बिक्री तथा बितरण गरिने छ । सो कार पेट्रोल र डिजेल दुबै भर्सनमा उपलब्ध रहेको छ । कम्पनीले यसको नेपाली मुल्य भने सार्वजनिक गरेको छैन । नेपालमा पनि सो कार छिट्टै उपलब्ध हुने कम्पनी को जानकारी छ ।

फोर्ड फ्रिस्टाइल फ्लेयरमा १.२ लिटर पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले ९५ बीएचपीको पावर र १२० एनएमको टर्क जेनेरेट गर्छ । यसको साथमा कारमा १.५ लिटर डिजेल इन्जिनको विकल्प पनि रहेको छ । जसले ९९ बीएचपीको पावर र २१५ एनएमको टर्क जेनेरेट गर्छ । सो दुबै इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड समावेश गरेको छ ।

सो कारको बाहिरी र भित्री क्याबिनमा रेड र ब्ल्याकको थिम दिइएको छ । फ्रिस्टाइल फ्लेयर एडिसनमा ब्ल्याक ग्रिल, ब्ल्याक अहरबडी क्लेडिङ र रेड फक्स स्किड प्लेट्स समावेश गरेको छ । कारमा ब्ल्याक रेड आउट साइड रियर भ्यू मिरर, रेड रुफ रेलको साथमा ब्ल्याक रुफ र नयाँ डिजाइन भएको ब्ल्याक अलोय ह्वील समावेश गरिएको छ ।

फ्रिस्टाइल फ्लेयरको ढोकामा ब्ल्याक सराउन्ड र रेड ग्राफिक्सको साथमा फेयर ब्याजिङ समावेश गरेको छ ।  सो कार तीन रङ वाइट गोल्ड, डायमन्ड वाइट र स्कोम ग्रेमा उपलब्ध रहेको छ । यसको इन्टेरियर पनि स्पोर्टी जस्तो देखिन्छ । यसमा नयाँ ब्ल्याक ग्रे अपहोल्स्ट्री, सीटमा फ्लेयरको ब्याजिङ र ब्ल्याक डोर ह्यान्डल्समा कन्ट्रास्ट रेड एक्सेन्ट्स समावेश गरेको छ ।

सो कारमा फोर्डपास स्मार्टफोन एप, सेटेलाइट नेभिगेसनको साथमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिमोट सेन्ट्रल लकिङ, अटोमेटिक एसी र रिभर्स पार्किङ क्यामेरा जस्ता फिचर रहेको छ । सेफ्टीको लागि कारमा ६ एयरब्यागको साथमा इन्टेलिजेन्ट एक्टिभ रोलओभर पिभेन्सन र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर रहेका छन ।


Our latest comments