फोर्ड एन्डेभरको २०२० संस्करण नेपाली बजारमा सार्वजनिक

फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा भित्राएको छ ।
बिएस–सिक्स प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर चारएक्सचार टाइटेनियम प्लस भेरियन्ट भित्राइएको हो । यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ। यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ । उक्त गाडीमा गियर लक गर्ने सुविधा पनि छ ।कम्पनीकाअनुसार पूर्ण सुरक्षा मापदण्ड पूरा गरी निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ ।

यसमा एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ। जसमा गाडीभित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको समेत प्रयोग गरिएको छ। १४ प्रतिशतसम्म इन्ध नखपतमा सुधार गरिएको र शक्तिशाली अफरोड क्षमता रहेको २०२०एन्डेभर एसयूवी सेग्मेन्टमा भित्राइएको कम्पनीको दाबी छ। न्डेभरको यस संस्करणमा आइपुग्दा १७० पीएस पिकपावर र ४२० टर्क छ। जसले १२.४ किलोमिटरप्रति लिटर माइलेज दिन्छ।

कम्पनीकाअनुसार फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो। जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ। ईको ब्लू इंजिनले इन्धन दक्षतामा पनि सुधार ल्याएको छ। यससँगै पूर्ण एलईडी हेडल्याम्प राखिएको छ। एलइडी हेडल्याम्पलाई तल र माथि दुबै बिममा कम्तिमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ। यो कारमा ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएम लगायतका विशेषताहरु राखिएका कम्पनीको भनाइ छ।

उक्त गाडीमा ८०० मिलिमिटर वाटर वेडिङ क्षमता छ भने ५० प्रतिशत गाडीको छत प्यानोरेमिक सन रुफले कभर गरिएको छ। जसको ३ वर्षमा एक लाख किलोमिटरसम्मको वारेन्टी दिइएको कम्पनीले बताएको छ। याे गाडी डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध छन्। जसकाे प्रारम्भिक मूल्य भने १ करोड ४९ लाख राखिएको छ।

Share Page

0 Comments

Write a comment

menu
menu