यामाहा एमटी-२५, २०२० काे अन्त्यसम्ममा सार्वजनिक हुने

यामाहाले पछिल्ला दिनमा एमटी सिरिजमा एकपछि अर्को मोटरसाइकललाई बजारमा ल्याईरहेको छ । नेपाली बजारमा केही समय अघि एमटी १५ सार्वजनिक भएको थियो । अब भने कम्पनीले अन्तर्राष्ट्रिय बजारमा एमटी सिरिजको अर्को मोडल एमटी २५ को चर्चा चुलिएको छ यामाहाले नेपाली बजारमा आफ्नो बजार हिस्सा बढाउन सबै किसिमको प्रयास गरिरहेको छ । २०१९ को सुरुवातमा एमटी १५ सार्वजनिक गरेको कम्पनीले यही बर्षको अन्तिमसम्ममा एमटी २५ सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

कम्पनीले केही समय अघि भएको टोकियो मोटर शोमा यसलाई सार्वजनिक गरेको थियो । २०२० भित्रै एमटी २५ लाई भारतीय बजारमा उतार्ने अनुमान गरिएको छ । भारतीय बजारमा आएसँगै यो नेकेड स्ट्रीट फाईटर नेपाली बजारमा पनि आउने अनुमान गरिएको छ । निकै आकर्षक र आक्रमक डिजाइनको कारण चर्चामा रहेको एमटी २५मा हेडल्याम्पको माथि फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको यो मोटरसाइकल निकै उत्कृष्ट आउने अपेक्षा गरिएको छ ।

मोटरसाइकलमा निकै आरामदायी सिट दिइएको छ, भने सहजै ह्यान्डलिङ गर्न सक्ने किसिमले तयार गरिएको छ । स्प्लीट ग्रायव रेल, निकै आकर्षक एलइडी टेल लाईट, अलोय ह्वील जस्ता फिचर यसमा उपलब्ध रहेको छ । कम्पनीले यसमा २४९ सीसी, लिक्वीड कुल्ड, फोर स्टोक, ८ भल्भ, डिओएचसी इन्जिन दिइएको छ । उक्त इन्जिनमा ६ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । यसमा स्लीपर क्लचको प्रयोग गरिएको छ ।

आरामदायी चालक सिट, स्प्लीट पिलियन सिट, स्प्लीट ग्रयाब रेल, कम्प्याक्ट एण्ड सार्प एलइडी टेललाइट, स्पोर्टी रिम सहितको अलोय ह्वीलजस्ता फिचरले मोटरसाइललाई प्रिमियम बनाएको छ ।  यसले प्रतिलिटर ३० देखि ३५ किलोमिटर माइलेज दिने अनुमान गरिएको छ ।मोटरसाइकललाई सुरक्षीत बनाउन डबल च्यानल एबीएस दिइएको छ भने दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । यसमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि मल्टी स्टेप एड्जस्टेवल मोनोसक दिइएको छ ।  यसको स्टाइल एमटी ०९ र ०७ बाट प्रभावित छ  ।  

Share Page

0 Comments

Write a comment

menu
menu