बजाजले नेपाली बजारमा डिस्कभरको नयाँ मोडल सार्वजनिक गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ डिस्कभर नेपाली बजारमा भित्राएको हो । सीबीएस ब्रेकिङ सिस्टम दिएर नेपाली बजारमा यसको विक्री सुरु गरिएको पनि कम्पनीले जनाएको छ । नेपाली बजारमा बजाज डिस्कभर, डिस्कभर १२५ ड्रम, डिस्कभर डिस्क र डिस्कभर एसटी गरी तीन भेरियन्टमा उपलब्ध रहेका छन् । नेपालमा सर्वाधिक रुचाइएको बाइकका रुपमा डिस्कभर १२५ परिचीत रहेको छ ।
बजाज डिस्कभर १२५ मा १२४ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ जुन इन्जिनले १३ पीएस पावर तथा ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेकोे छ भने यसको टप स्पीड १०५ किलोमिटर प्रतिघन्टा रहेको छ । सो बाइकको लम्बाई २०३५ एमएम, चौडाई ७६० एमएम, उचाई १०८५ एमएम, ग्राउण्ड क्लियरेन्स १६५ एमएम र १३०५ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा ८ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ५० किलोमिटर माइलेज दिनेछ । बाइकको कुल तौल १२१ किलोग्राम रहेको छ ।
नयाँ बजाज डिस्कभरमा डिआरएल तथा एलइडी टेलल्याम्प, सेमिडिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, २०० एमएम डिस्क, अलाय ह्वील जस्ता अन्य धेरै बिशेषता दिइएको छ । डिस्कभरको डिस्क ब्रेक भेरियन्टमा सीबीएस (कम्बी) ब्रेकिङ सिस्टम पनि दिइएको छ । यस ब्रेकिङ सिस्टमले मोटरसाइकलको रोक्ने क्षमतालाई बढाउने काम गर्छ । बाइकलाई आरामदायी बनाउन विशेष प्रकारको सक प्रयोग गरिएको जानकारी पनि कम्पनीले दिएको छ । नयाँ मोटरसाइकल यस अघिको डिस्कभरका तुलनामा उत्कृष्ट भएको कम्पनीले दावी गरेको छ ।
नयाँ डिस्कभर १२५ ग्रीन सिल्भर, मजेन्डा सिल्भर डिकल्स, इलेक्ट्रोन ब्लु, प्लाटिनम सिल्भर र वाइन रेड गरी चार कलर अपसनमा उपलब्ध रहेको छ । बजाज डिस्कभर ड्रमको मुल्य २ लाख ९ सय, डिस्कको मुल्य २ लाख १६ हजार ९ सय र एसटीको मुल्य २ लाख २७ हजार ९ सय तोकिएको छ । बजाज डिस्कभर खरिद गर्न चाहने हरेकले बजाज डिस्कभर खरिद गर्न सकुन् भन्ने उद्देश्यले न्यूनतम डाउनपेमेन्ट सहुलियत प्रदान गरिएको कम्पनिले जनाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।