Home / Blogs / पेट्रोल इन्जिनको नयाँ ब्रेजा फेब्रुअरी ६ मा सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

पेट्रोल इन्जिनको नयाँ ब्रेजा फेब्रुअरी ६ मा सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

मारुती सुजुकी भिटारा ब्रेजाको फेसलिफ्ट मोडल अटो एक्सपो २०२० मा सार्वजनिक गरिने भएको छ । ब्रेजाको अपडेटेड मोडलको लुक र इन्टेरियरमा केही परिवर्तन गरिएको छ । सो कारको सबैभन्दा ठूलो परिवर्तन यसको इन्जिनमा गरिएको छ । हाल सम्म सो एसयूभी १.३ लिटर डिजेल इन्जिनमा मात्र उपलब्ध रहेको थियो । 

सो कार बीएस ६ १.५ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिनका साथ आउने छ, जसले १०४.७ पीएसको पावर र १३८ एनएम टर्क जेनेरेट गर्नेछ । सो कारमा पाँच स्पीड म्यानुअल गियरबक्स र चार स्पीड एएमटी लगाइएको छ । डिजाइन, विशेषता, मूल्य लगायतका आधारतमा मारुती सुजुकीको भेन्यूसँग सिधा प्रतिस्पर्धा गर्दै आएको छ । सुरुवात देखिनै निकै राम्रो बजार पाइरहेको ब्रेजाले पेट्रोल इन्जिनसँगै अझ बजार बिस्तार हुने अपेक्षा कम्पनीले गरेको छ । 

सो एसयूभीको फ्रन्ट स्टाइलिङमा केही परिवर्तन गरिएको छ । यसमा ठूलो फग ल्याम्प समावेश गरिएको छ । हेडल्याम्पमा एलईडी डीआरएलको साथमा नयाँ क्रोम बिट्स समावेश गरिएको छ । सो कारमा नयाँ फ्रन्ट र रियर बम्पर, फक्स स्किड प्लेट्स र ब्ल्याक अलोय ह्विल समावेश गरिएको छ ।

माथिल्लो भेरिएन्टमा डायमन्ड कट अलोय ह्विल र एलईडी फगल्याम्प समावेश गरिएको छ । ब्रेजा फेसलिफ्टमा नयाँ कलर स्किम पनि अफर गरिएको छ । सो कारको इन्टेरियरमा नयाँ स्मार्टप्ले स्टुडियो इन्फोटेमेन्ट सिस्टम समावेश गरिएको छ, जसले रिभर्स क्यामेरा डिस्प्लेको रुपमा पनि काम गर्छ ।

ब्रेजाको पेट्रोल भर्सनमा लेटेस्ट स्मार्ट प्ले इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटोको विशेषता दिइएको छ । प्रतिस्पर्धामा उत्रिन नसक्नुको कारण ब्रेजामा डिजेल इन्जिन मात्र हुनु पनि एक कारण मानिएको छ। सो कारले हुन्डाई भेन्यु, टाटा नेक्सन फेसलिफ्ट, महिन्द्रा एक्सयूभी३०० र फोर्ड इकोस्पोर्ट जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।

 


Our latest comments