Home / Blogs / ब्रिजस्टोन टायरको अन्तर्राष्ट्रिय स्तरको बिक्री केन्द्र सुरु
  • Auto News and Updates
  • 0

ब्रिजस्टोन टायरको अन्तर्राष्ट्रिय स्तरको बिक्री केन्द्र सुरु

Nepal Auto Trader

Share this News

image

जापानी रबर कम्पनीद्वारा उत्पादित बि्रजस्टोन टायरको अधिकृत वितरक एटीसी प्रालिले ज्ञानेश्वरमा बि्रजस्टोन बिक्री तथा सेवा केन्द्रको औपचारिक रुपमा सेवा शुभारम्भ गरेको छ ।

एकै छानामुनि टायर सम्बन्धी विश्वस्तरीय सेवाहरू उपलब्ध छन् । डिजिटल टायर हेल्थ परीक्षण, दुई चरणमा व्हील अलाइन्मेन्ट, अन्तर्राष्ट्रिय स्तरको सिजर लिˆट, व्हील सन्तुलन, नाइट्रोजन हावाभर्ने, टायर परिवर्तन, फिटिङ तथा रोटेसन जस्ता सेवा सुविधाहरु यस केन्द्रमा उपलब्ध छन् ।

केन्द्रले आउँदा दिनहरुमा गाडिको ब्याट्री परिवर्तन , एसीमा ग्यास भर्ने सेवाहरु पनि दिनेछ । कम्पनिले निकट भविष्यमै देशका विभिन्न ठाउँहरुमा यस्ता किसिमका विक्री तथा सेवा केन्द्रहरु आवश्यकता अनुरुप विस्तार गर्दै लैजाने छ ।

एटिसि प्रालि वि.सं. २०१६ देखि नै बि्रजस्टोन टायरको नेपालको लागि आधिकारीक वितरकको रुपमा रही निरन्तर ग्राहकमूखी सेवा दिँदै आएको कम्पनी हो ।

SOURCE:

Our latest comments