भिटारा ब्रेजा अब पेट्रोल भेरिएन्टमा चाँडै सार्वजनिक हुने

भिटारा ब्रेजा भारतमा मात्र नभएर नेपालमा समेत निकै नै लोकप्रिय कार मानिन्छ । मारुती सुजुकीको लोकप्रिय मानिएको कार भिटारा ब्रेजा छिट्टै नै पेट्रोल इन्जिनमा पनि उपलब्ध हुने भएको छ । कम्पनीले यसअघि डिजेल भेरियन्टमा मात्रै उपलब्ध रहेको ब्रेजालाई १.५ लिटर के१५बी एसएचभीएस पेट्रोल इन्जिनमा ल्याउने भएको हो । मिडिया रिपोर्टका अनुसार सो कारको पेट्रोल भर्सन उत्पादन प्रारम्भ भइसकेको छ ।

सो कार बीएस ६ १.५ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिनका साथ आउने छ, जसले १०४.७ पीएसको पावर र १३८ एनएम टर्क जेनेरेट गर्नेछ । सो कारमा पाँच स्पीड म्यानुअल गियरबक्स र चार स्पीड एएमटी लगाइएको छ । डिजाइन, विशेषता, मूल्य लगायतका आधारतमा मारुती सुजुकीको भेन्यूसँग सिधा प्रतिस्पर्धा गर्दै आएको छ । सुरुवात देखिनै निकै राम्रो बजार पाइरहेको ब्रेजाले पेट्रोल इन्जिनसँगै अझ बजार बिस्तार हुने अपेक्षा कम्पनीले गरेको छ । 

कम्पनीले ब्रेजाको यो संस्करणलाई केही परिमार्जन गरेको छ । यसको एक्सटेरियरमा परिमार्जन गरिएको छ । फ्रन्टमा आकर्षक बम्पर लगाइएको छ भने, रियरमा परिमार्जित फग ल्याम्प दिइएको छ । यसमा प्रोजेक्टर हेडल्याम्प, इन्र्टग्रेटेड एलइडी डिआरएलएस, सामान्य परिमार्जित ग्रिल, होरिजेन्टल र्यापअराउन्ट एलइडी, टेललाइट, क्रोम बुट एप्लीक्यु, हाइ माउन्टेड स्टपको फिचर प्रदान गरिएको छ । 

उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडी किटसहितको कारमा स्पोर्टी अलो ह्विल्स देखिने गरी मस्कूलर ह्विलको प्रयोग गरिएको छ । यात्रामा आरामदायी अनुभवका लागि कारमा सेग्मेण्ट अन्तर्गतकै ठूलो क्याविन र बुटस्पेस उपलब्ध गरिएको कम्पनीको भनाइ छ । कारमा चालक तथा यात्रुको सुरक्षाका लागि कम्प्युटर एडेड डिजाइन प्रयोग गरिएको सुजुकी टीइसीटी प्रणाली जडान गरिएको छ ।  कारमा कि–लेस एण्ट्री, स्टेरिङ माउण्टेड कन्ट्रोल, ब्लूटुथ, भ्वाइस कमाण्ड, इञ्जिन स्टार्ट स्टप बटन, क्यामेरासहितको पार्किङ सेन्सर, अटो एसी लगायत सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

ब्रेजाको पेट्रोल भर्सनमा लेटेस्ट स्मार्ट प्ले इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटोको विशेषता दिइएको छ । प्रतिस्पर्धामा उत्रिन नसक्नुको कारण ब्रेजामा डिजेल इन्जिन मात्र हुनु पनि एक कारण मानिएको छ । त्यसैले पनि भिटारा ब्रेजा अब पेट्रोल इन्जिनमा समेत उपलब्ध गराउने तयारी मारुती सुजुकीले गरिरहेको बताइएको छ ।

Share Page

0 Comments

Write a comment

menu
menu