यामाहा मजेस्टी एस १५५ स्कुटर सार्वजनिक हुँदै

यामाहाले नयाँ स्कुटर मजेस्टी एस ल्याउँदैछ । सो स्कुटर जापानमा लन्च भएको छ । सो स्कुटर अटो एक्सपोमा पेश गरिएको अप्रिला एसएक्सआर १६० भन्दा पावरफुल रहेको छ ।

यामाहाको सो स्कुटरको प्रोफाइल निकै बोल्ड रहेको छ । फ्रन्टमा स्टाइलिस एप्रन माउन्टेड एलईडी हेडलाइट समावेश गरिएको छ । हाई राइज्ड पिलियन सिटलृ स्कुटरलाई एग्रेसिभ लुक दिएको छ । यसको साथै अलोय ह्विल, ब्ल्याक साइड माउटेड एक्जस्ट र ब्ल्याक येलो कन्ट्रास्ट कलर स्किमले स्कुटरलाई स्पोर्टी लुक दिएको छ ।

सो स्कुटरमा १५५ सीसी, सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले ७५०० आरपीएममा १५ पीएसको पावर र ६००० अरपीएसमा १४ एनएमको टर्क जेनेरेट गर्छ । मजेस्टी एस स्कुटरको माइलेज ४० किलोमिटर प्रतिलिटर रहेको छ । यसमा ७.४ लिटरको फ्युल ट्यांकीको क्षमता रहेको छ ।

सो स्कुटरमा ४ प्याड सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, फ्रन्ट एप्रनमा १२ भोल्ट डीसी सर्किट, फ्रन्ट फ्युअल फिलर क्याप र आल्मुनियम हुक जस्ता फिचर रहेको छ । यसको फ्रन्टमा २६७ एमएम र रियरमा २४५ एमएम डिस्क ब्रेक जडान गरिएको छ । जापान पछि सो स्कुटर अन्य देशमा पनि लन्च गरिने छ । तर कम्पनीले कुन कुन देशमा सो स्कुटर लन्च गर्ने भन्ने जानकारी दिएको छैन ।


Share Page

0 Comments

Write a comment

menu
menu