सार्वजनिक हुने भयो किया सोनेट

कियाको सव फोर मिटर एसयूभी सोनेट आगामी अगस्ट ७ मा ग्लोवल रुपमा धेरै अन्तरराष्ट्रिय बजार बाट सार्वजनिक  हुने भएको छ । कियाको यो सानो एसयूभी निकै प्रतिक्षीत मोडलको रुपमा रहेको छ । यो कियाको ग्लोवल मोडल हो । 

 किया सोनेटले बजारमा हुन्डाई भेन्यू, मारुती सुजुकी ब्रेजा, टाटा अल्ट्रोज, फोर्ड इकोस्पोट, महिन्द्रा एक्सयूभी ३०० जस्ता अन्य मोडलसँग  प्रतिस्पर्धा गर्ने छ । यसको बिक्री भने सन् २०२० को डिसेम्बरबाट मात्रै सुरु हुने अनुमान गरिएको छ ।

कम्पनीले यसलाई तीन इन्जिन अप्सनमा बजारमा उतार्ने छ । जसमा १.२ लिटर कपा र १.० टर्बो पेट्रोल र १.४ लिटर सिआरडीआई डिजेल इन्जिन रहने छ । यसमा रहेको टर्बो इन्जिनले ११८ बीएच पावर र १७२ एनएम टर्क प्रदान गर्छ भने १.४ लिटर डिजेल इन्जिनले अधिकतम ९९ हर्स पावर र २१५ एनएम टर्क प्रदान गर्ने छ । यी इन्जिनमा ६ स्पीड म्यानुयल, ६ स्पीड आईएमटी र ७ स्पीड डिटीसी गियरबक्स रहने छ ।

यो एसयूभी थुप्रै फिचरले भरिपूर्ण रहने अनुमान गर्न सकिन्छ । बजारमा उपलब्ध अन्य प्रतिस्पर्धीको तुलनामा यसका फिचरहरु धेरै हुने छन् ।कियाको टाइगर नोज ग्रिलको साथ आउने यो एसयूभीमा सबै लाइटहरु एलइडी रहने छन् । साथै यसमा कियाको यूभीओ कनेक्ट फिचर उपलब्ध रहने छ ।


Share Page

Related tags to article

0 Comments

Write a comment

menu
menu