बीएस ६ महिन्द्रा मोजो ३०० अब छिट्टै सार्वजनिक हुने

महिन्द्रा मोजो ३०० नयाँ अवतारमा सार्वजनिक हुने भएको छ । महिन्द्राले यसको टिजर समेत सार्वजनिक गरेको छ । अब सो बाइक बीएस६ कम्प्लायन्ट इन्जिनको साथमा आउने भएको छ । बीएस ६ महिन्द्रा मोजो ३०० चाडैनै सार्वजनिक  हुने भएको छ । फ्रेस लुक दिनको लागि बाइकमा कस्मेटिक अपडेट गरिएको छ । साथै नयाँ कलर अप्सन पनि रहेको छ ।

अपडेट गरिएको महिन्द्रा मोजो३०० सिंगल एक्जस्ट मफलरको साथमा उपलब्ध रहेको छ । नयाँ बीएस६ मापदण्ड पुरा गर्नको लागि एक्जस्ट सिस्टम बाहेक अतिरिक्त क्याटालिटिक कन्भर्टर पनि साथमा समावेश छ । सो इन्जिनको स्पेसिफिकेसन्सको बारेमा सार्वजनिक गरिएको छैन । मोजोको बीएस४ मोडलमा २९४.७२ सीसी, फ्युल इन्जेक्टेड, लिक्विड कुल्ड इन्जिन समावेश छ, जसले ७५०० आरपीएममा २६.२९ एचपीको पावर र ५५०० आरपीएममा २८ एनएमको टर्क जेनेरेट गर्छ ।

बीएस ६ महिन्द्रा मोजोको टिजर अनुसार सो बाइकको फ्रन्ट काउलको साथ ट्वीन हेडल्याम्प सेटअप, मस्क्युलर फ्युल ट्यांक र स्टेप अप स्टाइल सिंगल सिट हुनेछ । यसमा अलोय ह्वील र दुबैमा डिस्क ब्रेक हुने सम्भावना रहेको छ । बीएस६ मोजो३०० को मूल्य लगभग २ लाख भारु हुने अनुमान गरिएको छ । सो बाइकको प्रतिस्पर्धी बजाज डोमिनार ४०० हुनेछ ।

नेपाली बजारमा भने महिन्द्रा मोजोको आधिकारिक वितरक अहिलेसम्म तोकिएको छैन । लकडाउन भन्दा पहिले देखि नै यसका लागि केही कम्पनीहरुले प्रयास गरेका थिए । यद्यपि कसले र कहिले यो ब्रान्डको बाइक नेपालमा भित्र्याउछ भन्ने वारेमा अझै निक्र्यौल भइसकेको छैन ।

Share Page

0 Comments

Write a comment

menu
menu