Home / Blogs / जावा पेराकको नेपालमा विक्री प्रारम्भ, यस्तो छ मुल्य
  • Latest Bikes
  • 0

जावा पेराकको नेपालमा विक्री प्रारम्भ, यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा जावाको नयाँ बाइक पेराक औपचारिक रुपमा भित्रिएको छ । जावाको आधिकारीक वितरक अग्नी मोटोइन्कले एक कार्यक्रमका बीच सो मोटरबाइक नेपाली बजारमा सार्वजनिक गरेको हो । चेक रिपब्लीकको आइको निक ब्राण्ड जावा यहि वर्षबाट नेपाली बजारमा विक्री सुरु गरिएको हो ।यसैगरी कम्पनीले जावा क्लासिक र जावा ४२ नेपालमा विक्री गर्दै आएको छ । जावा पेराक एक बबर स्टाइल बाइक हो जसको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमा भाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो ।


नयाँ जावा पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । यसको इन्जिन बीएस ६ मापदण्ड अनुरुपको रहेको छ ।सिंगल बबर स्टाइल सिट मुख्य आर्कषण रहेको सो बाइकमा म्याट व्ल्याक कलरको साथ फिउल ट्याङकमा गोल्ड हाइलाइट्स रहेको छ ।  


स्टाइलअनुसार जावा पेराक एक ‘बबर’ बाइक हो जसमा फ्लोटिङ सिंगल सीट छ जुन सीटको मुनी गोलो ब्रेकलाइट रहेको छ । यसबाहेक पेराकमा बार–एन्ड मिटर मिरर, काटिएको फेन्डर्स जस्ता बिशेषताहरु जडान गरिएको छ । यसैगरी सो मोटरबाइकमा टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार समावेश गरिएको छ । जावा पेराकमा सबै एलईडी प्याकेजहरु उपलब्ध रहेका छन जसमा एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्प, ह्याजार्ड स्विचको साथ एलईडी इन्डिकेटर र पछाडि इन्टिग्रेटेड टेल लाइट, समाबेश छन । कम्पनीले यसमा सबै डिजिटल डिस्प्लेको प्रयोग गरेको जनाएको छ ।


जावा पेराकको नेपाली बजार मुल्य  ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

 

 

Our latest comments