हुन्डाई भेन्यु नयाँ अवतारमा सार्वजनिक

हुन्डाई भेन्यु कम्प्याक्ट एसयूभी अब नयाँ अवतारमा उपलब्ध भएको छ । कम्पनीले सो भेरिएन्ट हालको लागि दक्षिण कोरियामा सार्वजनिक गरेको छ । यसलाई भेनस फ्लक्स एडिसन नाम दिइएको छ । सो नयाँ भेरिएन्ट ड्युअल टोन ब्ल्याक र नियोन ग्रीन कलरमा उपलब्ध रहेको छ । नेपालमा भने यसको वारेमा केही योजना छैन ।

सो भेरिएन्टमा नयाँ बम्पर र ओआरभीएम समावेश गरेको छ । कारमा हट स्टेम्प्ड फ्रन्ट ग्रिल समावेश गरेको छ । कारको भित्री भागमा कम्पनीले कालो र हरियो रङको प्रयोग गरेको छ । कारमा एलिमेन्ट्सलाई कन्ट्रास्ट ग्रीन टिटमेन्टको प्रयोग गरेको छ । नयाँ हुन्डाई भेन्यु निकै बोल्ड देखिन्छ र साइडबाट हेर्दा क्रेटा जस्तो देखिन्छ । सो एसयूभीको फ्रन्ट र रियर साइड क्रेटा भन्दा निकै फरक रहेको छ ।

यसमा केसकेडिङ ग्रिल, स्प्लिट हेडलल्याम्प्स, प्रोजेक्टर फग ल्याम्प, एलईडी टेलल्याम्प, १६ इन्च डायमन्ड कट अलोय ह्वील र साइडमा स्ट्रोंग क्यारेक्टर लाइन्स समावेश गरेको छ । भेन्युको क्याबिनमा प्रिमियम लेज कट फिनिस ड्यासबोर्ड र फेब्रिक र लेदरको प्रयोग गरिएको छ । सो एसयूभी १० रङमा उपलब्ध रहेको छ ।

हुन्डाईको सो नयाँ भेरिएन्ट ३ इन्जिनमा उपलब्ध रहेको छ । यसमा १.२ लिटर पेट्रोल इन्जिन रहेको छ जसले ८२ बीएचपीको पावर र ११४ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ । यसमा रहेको १.४ लिटर डिजेल इन्जिनले ८९ बीएचपीको पावर र २२० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड म्यानुअल गियरबक्स समावेश छ ।

तेस्रो इन्जिन १.० लिटर टर्बाेचाज्र्ड पेट्रोल इन्जिनले ११८ बीएचपीको पावर र १७२ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड म्यानुअल र ७ स्पिड ड्युअल क्लच अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ ।

Share Page

0 Comments

Write a comment

menu
menu