Home / Blogs / होन्डा २०२० ग्रोम-१२५ मिनि मोटरसाइकल सार्वजनिक
  • Latest Bikes
  • 0

होन्डा २०२० ग्रोम-१२५ मिनि मोटरसाइकल सार्वजनिक

Nepal Auto Trader

Share this News

image

होन्डाले अन्तर्राष्ट्रिय बजारमा ग्रोम १२५ को २०२० संस्करण सार्वजनिक गरेको छ । कम्पनीले केही बजारमा यसलाई एमएसएक्स १२५ नामले समेत बिक्री गर्दै आएको छ । यो होन्डाको मिनि मोटरसाइकल हो, थप कलरले युवावर्गलाई मोटरसाइकलले आकर्षित गर्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।

पुरानो मोडलको तुलनमा यसमा कस्मेटिक परिवर्तन गरिएको छ । मेकानिकल पार्टसमा भने कुनै परिमार्जन गरिएको छैन । कम्पनीले यसलाई तीन नयाँ ड्यूल टोन कलर अप्सनमा तयार गरेको छ । जसमा रतो/निलो, पहेलो/कालो र सेतो/रातो रहेको छ ।

यो मोटरसाइकल विश्वका धेरै देशमा सानो साइज र चलाउँदा निकै रमाइलो महशुस गर्न सक्ने किसिमको भएकाले चर्चामा रहँदै आएको मोडल हो । अलोय ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र सबै लाइट एलइडी रहेकाले नयाँ ग्रोम १२५ थप ग्राहकको रोजाइमा पर्ने कम्पनीको विश्वास रहेको छ ।

यस मोटरसाइकलको सिट हाइट ७६२ एमएम मात्र रहेको छ भने यसको ह्वीलवेस समेत छोटो रहेको छ । यसमा ११०० एमएमको ह्वीलवेस दिइएको छ । साथै यसमा सानो ३१ एमएमको यूएसडी फर्क दिइएको छ ।  यसमा रहेको १२४.९ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिनले अधिकतम ९.७ हर्स पावर र १०.९ एनएम टर्क प्रदान गर्छ । यसमा ४ स्पीडको गियरबक्स दिइएको छ । होन्डा साइनमा पनि यही क्षमता इन्जिन दिइएको छ ।


Our latest comments