Home / Blogs / हिरोको पहिलो तीन पाङ्ग्रे स्कुटर सार्वजनिक
  • Upcoming Bikes
  • 0

हिरोको पहिलो तीन पाङ्ग्रे स्कुटर सार्वजनिक

Nepal Auto Trader

Share this News

image

अटो एक्स्पो २०२० मा सबैको ध्यान खिच्न सफल हिरो इलेक्ट्रीकले नयाँ तिन पाङ्ग्रे स्कुटर सार्वजनिक गरेर निकै चर्चा बटुलेको छ । यो भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनीको पहिलो तिन पाङ्ग्रे उत्पादनको रुपमा बजारमा आएको हो ।

अटो एक्स्पोमा निकै कम टु ह्वीलर्स निर्माता कम्पनीले भाग लिएकोमा यो स्कुटरले सबैको ध्यान खिच्न सफल भएको हो ।

कम्पनीले यसको नाम ‘एई–३’ राखेको छ । ३ किलोवाट क्षमताको मोटर र २.४ किलोवाट आवरको व्याट्री प्याकमा उपलब्ध यो स्कुटर निकै स्टाइीलस रहेको छ । लिथियम आयोन व्याट्री प्याकको साथ आएको यो स्कुटर एक पटकको फुल चार्जमा १०० किलोमिटर चलाउन सकिने कम्पनीले दाबी गरेको छ ।

यसको टप स्पीड भने ८० किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा दिइएको इन्ट्रुमेन्ट कन्सोल पूर्णत डिजिटल रहेको छ । यसमा स्मार्ट फोन कनेक्टीभिटी, जीपीएस, रियल टाइम ट्रयाकिङ जस्ता फिचर सपोर्ट गर्नेछ ।

Our latest comments