नेपाली बजारमा नेपालमै बनेको इलेक्ट्रिक डर्ट बाइक उपलब्ध हुने भएको छ । हाल भीमोटो इलेक्ट्रिक बाइकको आधिकारिक वितरक रहेको अष्ट अटोमोबाइल्सले सो बाइक नेपाली बजारमा उपलब्ध गराउने तयारी गरिरहेको छ ।
गोक्यो ब्रान्डमा उपलब्ध गराइने सो इलेक्ट्रिक बाइकको मोडल नेम ‘रि’ हुनेछ । गोक्यो रिमा प्रयोग गरिने मोटर कन्ट्रोलर जर्मनीबाट र फ्रेम चीनबाट ल्याउने तयारी भइरहेको कम्पनी स्रोतले बताएको छ । कीर्तिपुरमा एसेम्बल फ्याक्ट्री स्थापनाको तयारी भइरहेको र सो बाइक बजारमा उपलब्ध हुन करिव ३ महिना जति लाग्ने छ ।
बाइकमा ५ किलोवाटको मोटर प्रयोग गरिने छ । यसमा सिंगल वा डबल ब्याट्री प्रयोग गर्न सकिने छ । करिव ४ घण्टा चार्ज गर्दा सिंगल ब्याट्रीयुक्त बाइकलाई एक सय किलोमिटर र डबल ब्याट्रीयुक्त बाइकलाई २ सय किलोमिटर चलाउन सकिने कम्पनीको दावी छ ।
सो बाइकमा दुई प्रकारका टायर प्रयोग गर्न सकिने छ र नर्मल तथा अफरोड दुवैमा चलाउन सकिने छ । यसमा किलेस स्टार्ट, बेटर ग्रिप, बेटर क्लाइम्बिङ क्षमताका साथै राम्रो पावर र राम्रो सक एब्जब्र्सन इफेक्ट आदि विभिन्न विशेषता हुने छन् । सो बाइकको मूल्य पनि हाल यकिन नभएको बताइएको छ ।
PREVIOUS NEWS