Home / Blogs / नेपाली बजारमा डीएफएसके ग्लोरी ५६० सार्वजनिक; बुकिङ खुला
  • Latest Cars
  • 0

नेपाली बजारमा डीएफएसके ग्लोरी ५६० सार्वजनिक; बुकिङ खुला

Nepal Auto Trader

Share this News

image

नेपालका लागि डीएफएसकेको आधिकारिक वितरक कुजु नेपाल प्रालिले डीएफएसके ग्लोरी ५६० को २०२१ मोडल बजारमा सार्वजनिक गरेको छ ।  कुजु नेपालले नेपाली बजारमा बिक्री गर्दै आएको डिएफएसके ग्लोरी ५६० एसयूभीको सन् २०२१ मोडलको बुकिङ लिन सुरु पनि गरिसकेको छ  । सो मोडलले एनक्याप रेटिङमा ५ स्टार सेफ्टि रेटिङ पाएको छ । नयाँ आउने एसयूभी ५ र ७ सिट भएको म्यानुअल ट्रासमिसन तथा ७ सिटरमा सीभीटी ट्रासमिसनमा उपलब्ध हुने भएको छ । 


डीएफएसके ग्लोरी ५६० मा १.५ लीटरको टर्बो चाज्ड इन्जिन जडान गरिएको छ जसले १५० पीएस पावर तथा २३० एनएमको टर्क प्रदान गर्नेछ ।यसको चारै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ । इन्डोनेसियामा उत्पादन भएका डिएफएसकेको उत्पादन ग्लोरी मोडल गत वर्ष नेपाली बजारमा ५० यूनिटभन्दा बढी बिक्री भएको कम्पनीले जनाएकाे छ । स्टाइल, स्पेस र सेफ्टीको मामिलामा कुनै चिन्ता लिनु नपर्ने ग्लोरी ५६० मा  कम्पनीले  दुइ वर्षको फ्रि सर्भिसिङ हुने पनि जनाएको छ ।




डीएफएसके ग्लोरी ५६० मा १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिङ अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर पाउन सकिन्छ । त्यस्तै ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभर्स क्यामेरा, पुस स्टार्ट/स्टप बटम, किलेस इन्ट्रि जस्ता विशेषता यसमा उपलब्ध छन ।


वारेन्टी कम्पनीले यसमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गर्ने छ । कम्पनीले ग्लोरी ५६० को नेपाली बजार  मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको पनि जनाएको छ । कोभिड १९ को कारण केही ढिला बिक्री सुरु भएको ग्लोरी ५६०, कम्पनीले गत हप्ता एक विज्ञप्ती जारी गर्दै नयाँ एसयूभी बिक्री सुरु भएको जानकारी गराएको हो ।  कम्पनीले यसअघि डिएफएसके ग्लोरी ५८० नेपाली बजारमा बिक्री गर्दै आएको थियो ।




Our latest comments