Home / Blogs / डाटसनले नेपाली बजारमा भित्रायो सात सिटे ‘गो प्लस’
  • Latest Cars
  • 0

डाटसनले नेपाली बजारमा भित्रायो सात सिटे ‘गो प्लस’

Nepal Auto Trader

Share this News

image

जापानीज ब्रान्ड डाटसनले नयाँ मोडलको कार ‘गो प्लस’ नेपाली बजारमा भित्राएको छ । 

नेपाली बजारमा गो प्लसको मूल्य ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस अगाडि होन्डाले पनि सात सिट क्षमताको सेलेरियो नेपाली बजारमा भित्राएको थियो ।

डाटसन गो प्लस कम्प्याक्ट फेमिली वागन कार ‘डि’, ‘डि वान’, ‘ए’ र ‘टि’ गरी चारवटा भेरियन्टमा उपलब्ध छ । तत्कालका लागि भने नेपाली बजारमा ‘टि’ , ‘डि’ र ‘डि वान’ भेरियन्टमात्र उपलब्ध हुने कम्पनीले बताएको छ ।

११९८ सीसी इञ्जिन क्षमताको गो प्लस भारतको चेन्नाई प्लान्टबाट उत्पादन गरिएको हो । यसले प्रतिलिटर २०.६२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसमा १७० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको हुँदा नेपाली सडक सुहाउँदो रहेको छ ।

गो प्लस विभिन्न पाँच कलरमा उपलब्ध छ । सुलभ मूल्यमा सात सिट क्षमताको गाडी भएको हुँदा गो प्लसले नेपाली उपभोक्ताको मन जित्ने विश्वासमा कम्पनी रहेको छ ।

भारतमा ६ महिना चलाएर सफलता प्राप्त गरेपछि गो प्लस नेपाली बजारमा भित्राइएको हो । यो गाडी अरु गाडीको तुलनामा फरक भएको हुँदा कसैसँग प्रतिस्पर्धा गर्नु नपर्ने कम्पनीको भनाई छ ।

होन्डाको सेलेरियो ७ सिटको भएपनि गो प्लसभन्दा निकै महंगो भएकाले उपभोक्ताको रोजाइमा गो प्लस नै हुने कम्पनीको विश्वास छ । गो प्लसको मूल्य  ४ लाख रुपैयाँ तोकिएपनि ग्राहकलाई डेढ लाख रुपैयाँसम्म डिस्काउन्ट दिने कम्पनीले बताएको छ ।

कम्पनीले गो प्लस एक वर्षमा ३ देखि ४ सय थान बिक्री गर्ने लक्ष्य राखेको छ ।

Our latest comments