चीनको टु ह्विलर कम्पनी सीएफ मोटो नेपाली बजारमा पहिले देखि नै उपलब्ध छ । सिएफ मोटोको नेपालका लागि आधिकारिक वितरक अन्ना इन्टरनेशनलले अफरोड सडकमा उपयोगि जेड फोर्स ५५० इएक्स सागी सार्वजनिक गरेको छ।
यो युटिलिटी भेइकल अफरोडकै लागि भनेर निमार्ण गरिएको कम्पनीले जनाएको छ।
४ सय ९५ सिसिको इन्जिन भएको यो गाडीले ६००० आरपिएममा ३७ बिपिएच पावर र ५ हजार ८ सय आरपिएममा ४३ एनएम टर्क जेनेरेट गर्छ।
न्यूनतम ग्राउण्ड क्लेयरेन्स २८७ मिलिमिटर भएको ‘जेड फोर्स ५५० इएक्स’ को न्यूनतम ट्रनिङ डायमिटर ९.५मिटर छ। यसको ह्विल बेस २०४० मिलिमिटर र सिटको उचाई ३९५ मिलिमिटर भएको कम्पनीले जनाएको छ।
यसको फुल ट्याङ्क इन्धन क्षमता २७ लिटर रहेको छ। कम्पनीले यसको मूल्य १४ लाख २५ हजार निर्धारण गरेको छ।
अनुमानित रिपोर्ट अनुसार सीएफ मोटोले नेपालमा ४ नयाँ मोटरसाइकल लन्च गर्ने सम्भावना छ । यसमा सीएफ मोटो ३०० एनके, ६५० एनके, ६५० एमटी र ६५० जीटी समावेश रहेको छ ।
PREVIOUS NEWS