Home / Blogs / बीएस ६ इन्जिन र एबीएससहित होन्डा एक्स–व्लेड सार्वजनिक
  • Latest Bikes
  • 0

बीएस ६ इन्जिन र एबीएससहित होन्डा एक्स–व्लेड सार्वजनिक

Nepal Auto Trader

Share this News

image

होन्डा एक्स–व्लेडको फेसलिफ्ट भर्सन सार्वजनिक भएको छ । कम्पनीले फेसलिफ्ट एक्स–व्लेड बीएस ६ इन्जिन बजारमा सहित  उतारेको हो । यसलाई कम्पनीले दुई भेरियन्टमा बजारमा उतारेको  छ । जसमा सिंगल डिस्क र डबल डिस्क भेरियन्ट रहेका छन्  । होन्डा एक्स–व्लेडमा १६२.७ सीसी सिंगल सिलिण्डर एफआई इन्जिन दिएको छ । यही इन्जिन यूनिकर्नमा समेत प्रयोग भएको छ ।

यसमा दिइएको एफआई इन्जिनले ८००० आरपीएममा १३.८६ हर्स पावर र ५५०० आरपीएममा १४.७ एनएम टर्क प्रदान गर्ने छ । इन्जिनको अलावा अन्य केही सामान्य कस्मेटिक परिमार्जन एक्स–व्लेडमा पाउन सकिने छ । यसमा थप कलर अप्सन, नयाँ बेली प्यानल, एलइडी हेड ल्याम्प र टेल ल्याम्प, इन्ट्रुमेन्ट क्लष्टरमा थपिएका केही फिचर मुख्य परिमार्जन हुन् ।

डायमन्ड फ्रेमको साथ अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोसक दिइएको छ । सिंगल च्यानल एबीएससहित बजारमा आएको यो मोटरसाइकलमा अगाडि २७६ एमएमको डिस्क र पछाडि २२० एमएमको डिस्क ब्रेक रहेको छ ।

भारतीय बजारमा सिंगल डिस्क भेरियन्टको एक्स शोरुम मूल्य १ लाख ६ हजार रुपैयाँ रहेको छ भने डबल डिस्क भेरियन्टको मूल्य १ लाख १० हजार भारतीय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा पनि यो बाइक अब छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ । सो मोटरसाइकलको नेपाली मुल्य भने अझै सार्वजनिक भएको छैन् ।

Our latest comments