महिन्द्राले एक्सयूभी ४०० अब छिट्टै बजारमा ल्याउँदै

एसयूभी एक्सपर्टको उपनाम पाएको महिन्द्रा एण्ड महिन्द्राले बजारमा हुन्डाई क्रेटा, किया सेल्टोस र निसान किक्सजस्ता एसयूभीलाई टक्कर दिन नयाँ एसयूभी ल्याउने भएको छ । सम्भवत कम्पनीले यसको नाम एक्सयूभी ४०० राख्ने अनुमान गरिएको छ ।

महिन्द्राले एक्सयूभी ४०० लाई एक्सयूभी ५००एक्सयूभी ३०० को बीचको मोडलको रुपमा बजारमा ल्याउने छ । भारतीय बजारमा फोर्डसँगको सहकार्यपछि महिन्द्राले नयाँ एसयूभी ल्याउने भएको हो ।

महिन्द्राले फोर्डको ‘भिएक्स-७७२’ प्ल्याटफर्ममा यो नयाँ एसयूभीको निर्माण गरिरहेको महिन्द्राको प्रबन्ध निर्देशक पवन गोइन्काले जानकारी दिइसकेका छन् । नयाँ एसयूभी ४.४ मिटर सेग्मेन्टमा आउने छ ।

कम्पनीले नयाँ एसयूभीलाई तीन इन्जिन अप्सनमा ल्याउने छ । कम्पनीले यसमा १.२ लिटर, १.५ लिटर र २.० लिटर टर्बो इन्जिनमा ल्याउने छ ।एक्सयूभी ४०० भन्दा पहिला महिन्द्राले नयाँ जेनेरेशन थार, स्कार्पियो र एक्सयूभी ५०० लाई बजारमा उतार्ने छ ।


Share Page

Related tags to article

0 Comments

Write a comment

menu
menu