नेपाली बजारमा नयाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर ब्राभो भित्रिएको छ । नेपालका लागि ब्राभो इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता जम्वो मोटर्स प्रालिले ‘ब्राभो इलेक्ट्रीक स्कुटर’ को विक्री अब छिट्टै सुरु गरिने जनाएको छ । जम्बो मोटर्सले हालै सो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा टेस्ट राइड कार्यक्रम संचालन गरिरहेको पनि जनाएको छ । ईभी ब्राभो रेट्रो डिजाइनमा उपलब्ध रहेको छ भने कम्पनीले यसमा फास्ट चार्जर उपलब्ध गराउने समेत जानकारी दिएको छ । ।
जम्वो ब्राभोमा ३ किलोवाटको मोटर जडान गरिएको छ । सो इलेक्ट्रीक स्कुटरमा २० एम्पीयर ७२ भोल्ट र ४० एम्पीयर ७२ भोल्ट गरी दुई भेरियन्टको ब्याट्री अप्सन पाउन सकिन्छ । यी दुबै भेरियन्टमा डबल ब्याट्री अप्सन उपलब्ध रहेको छ भने यसमा २१ हजार ७०० सेलको एड्भान्स ब्याट्री उपलब्ध छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा भेरियन्ट अनुसार १२० किलोमिटरदेखि २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ । यो स्कुटरलाई २ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।
जम्वो ब्राभोमा एलइडी लाइट्स, एलइडी डीआरएल, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलसीडी डिस्प्ले, टीएफटी डिस्प्ले, किलेस स्टार्ट, वााइडर टायर, टेलिस्कोपिक सस्पेन्सन, बुट स्पेस जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । सो स्कुटरको अघिल्लो भागमा डिस्क र पछिल्लो भागमा ड्रम ब्रेक दिइएको छ । यसको लम्बाई १८५० एमएम, चौडाई ६६० एमएम, उचाई ११२० एमएम, ग्राउण्ड क्लियरेन्स १६५ एमएम र १२८० एमएमको ह्वीलवेस रहेको छ । यसको वजन ८२ केजी रहेको छ । सो स्कुटरको टप स्पिड ७० किलोमिटर प्रति घन्टा रहेको छ ।
ब्राभो इलेक्ट्रिक स्कुटरको हाल परीक्षण मात्र चलिरहेको र केही समय पश्चात औपचारिक रुपमा यसको नेपाली बजार मूल्य समेत सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । यसको नेपाली मूल्य ३ लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ । ब्राभो स्कुटर नेपालमा दुई घन्टामा फुल चार्ज हुने र २४० किलोमिटरसम्म रेन्ज दिने पहिलो स्कुटर भएको कम्पनीको भनाइ छ । जम्वो मोटर्स कम्पनीले नेपाली बजारमा ओपाइ र लेभ्निङ ब्राण्डका इलेक्टिक स्कुटर विक्री गर्दै आएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।