Home / Blogs / सार्वजनिक हुने भयो बीएमडब्ल्यु इलेक्ट्रिक एसयूभी आईएक्स३
  • Latest Cars
  • 0

सार्वजनिक हुने भयो बीएमडब्ल्यु इलेक्ट्रिक एसयूभी आईएक्स३

Nepal Auto Trader

Share this News

image

बीएमडब्ल्यु आईएक्स३ १४ जुलाई २०२० मा अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिने भएको छ । यो कम्पनीको पहिलो अल इलेक्ट्रिक एसयूभी हुनेछ र यसमा फिचरको रुपमा कम्पनीको ५औं जेनेरेसनको बीएमडब्ल्यु ई–ड्राइभ टेक्नोलोजी समावेश छ । बीएमडब्ल्यु आईएक्स३ इलेक्ट्रिक एसयूभीलाई जर्मनीस्थित म्युनिखको हेडक्वार्टरमा सार्वजनिक गरिने छ ।

बीएमडब्ल्यु आईएक्स३ चीनमा बीएमडब्ल्यु ब्रिलियन्स अटोमोटिभ (बीबीए) ज्वाइन्ट भेन्चरको रुपमा बनाइने छ । बीबीएले गएको वर्षदेखि शेनयाङको प्लान्ट डाडोगमा बीएमडब्ल्यु आईएक्स३ प्रि प्रोडक्शन निर्माण गरिरहेको छ ।

बीएमडब्ल्यु आईएक्स३ को डिजाइन केही हदसम्म हाल उपलब्ध एक्स३ सँग मिल्दोजुल्दो रहेको छ । सो इलेक्ट्रिक भेइकलमा बीएमडब्ल्युको नयाँ स्टाइल एलिमेन्ट्स जोड्ने सम्भावना रहेको छ । नयाँ किडनी ग्रिललाई ब्लु क्रोम बोर्डर्स समावेश गरिएको छ । रिपोर्ट अनुसार सो कारमा नयाँ अलोय ह्विल र एक रेस्टलेड रियर सेक्सन पनि समावेश गरेको छ ।

अल इलेक्ट्रिक एसयूभीमा कम्पनीको ७४ केडब्ल्युएचको ब्याट्री समावेश गरिएको छ । सो इलेक्ट्रिक मोटरले २८२ बीएचपीको पावर र ४०० एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार सो कारले सिंगल चार्जमा अधिकतम गति ४४० किलोमिटरको रेन्ज दिने दावी छ ।

Our latest comments