बीएस६ बेनेली इम्पेरियल ४०० औपचारिक रुपमा सार्वजनिक

बेनेलीले बीएस६ इम्पेरियल ४०० बाइक सार्वजनिक गरेको छ । यो कम्पनीको पहिलो बीएस६ भर्सन बाइक हो । सो बाइकको मूल्य १ लाख ९९ हजार भारु राखेको छ । बीएस४ मोडल भन्दा बीएस६ मोडल २० हजार भारु महँगो रहेको जानकारी छ  । नेपालमा पनि सो मोटर बाइक छिट्टै सार्वजनिक गरिने अनुमान गरिएको छ ।

बेनेली इम्पेरियल ४०० बाइकमा बीएस६ कम्प्लायन्ट ३७४ सीसी, सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड इन्जिन समावेश छ । सो इन्जिनले ६००० आरपीएसमा २१ एचपीको पावर र ३५०० आरपीएममा २९ एनएमको टर्क जेनेरेट गर्छ । बीएस६ इन्जिनको पावर र टर्क आउटपुट बीएस४ इन्जिन बराबर रहेको छ ।

इम्पेरियल ४०० पहिलो पटक बजारमा अक्टोबर २०१९ मा सार्वजनिक भएको थियो । जसको मूल्य १ लाख ६९ हजार भारु राखिएको थियो । कम्पनीले सो बाइक रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्नको लागि सार्वजनिक  गरेको थियो ।

बीएस६ इम्पेरियल ४०० को बुकिङ सुरु भइसकेको छ । भारतमा भने सो बाइकको बुकिङ सुरु भईसकेको छ तर नेपालमा भने  यो मोटर बाइक कहिले आउन्छ भन्ने कुरा अझै अनुमान गर्न सकिन्न  । बाइकको डेलिभरी अगस्तको पहिलो हप्ता सुरु हुनेछ । सो बाइक ३ वर्ष र अनलिमिटेड किलोमिटर वारेन्टीको साथमा सार्वजनिक  गरिएको  छ ।

Share Page

0 Comments

Write a comment

menu
menu