Home / Blogs / बेनेली १८० एस नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
  • Latest Bikes
  • 0

बेनेली १८० एस नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा बेनेलीको नयाँ बाइक बेनेली १८० एस सार्वजनिक भएको छ । बनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनलले सो बाइक नेपाली बजारमा भित्र्याएको हो । बेनेली १८० एसमा थ्री स्पार्क टेक्नोलोजीको प्रयोग गरिएको छ जसले गर्दा बेनेलीको स्पोर्टी साउन्डलाई अझै राम्रो बनाएको कम्पनीको दाबी छ । कम्पनीले १७५ सीसी क्षमताको नेकेड स्पोर्टस मोटरसाइकलको नेपाली बजारमा विक्री समेत शुरु गरेको छ ।


बेनेली १८० एसमा १७५.३ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ९५०० आरपीएममा १७.८ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । सो मोटरबाइकमा ट्रीपल स्पार्क टेक्नोलोजी, यूएसडी फर्क, ६ स्पीड गियर, गियर इन्डिकेटर, लिक्वीड कुल्ड इन्जिन जस्ता प्रिमियम फिचर समावेश गरिएको छ ।  त्यसैगरी यसमा डबल डिस्क ब्रेक र वेट क्लचप्लेटको प्रयोग गरिएको छ । बाइकमा अपसाइड डाउन मोनोसक सस्पेन्सन र १७ इन्चको अलोय ह्वीलको पनि प्रयोग गरिएको छ ।  

 

कम्पनीले बेनेली १८० एसमा विभिन्न ४ कलर भेरियन्टमा उपलब्ध गराएको जानकारी दिएको छ । जसमा सेतो, कालो, रातो र नियोन प्रयोग गरिएको छ । १७० एमएमको ग्राउण्ड क्लियरेन्स उपलब्ध यो मोटरसाइकलमा १३४५ एमएमको ह्वीलवेस र १० लिटर क्षमताको इन्धन ट्याङ्क दिइएको छ । बेनेली १८० एसमा एनालग तथा डिजिटल स्पिडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता पनि  दिइएको छ । 


कम्पनीले बेनेली १८० एसको मूल्यपनि कलर अनुसार फरक राखेको छ । सेतो, कालो र रातो कलरमा उपलब्ध बेनेली १८० एस बाइकको मूल्य ४ लाख ३० हजार हरियो कलरमा उपलब्ध बाइकको मूल्य ४ लाख ४० हजार रुपैयाँ तोकिएको छ । बेनेलीको उपत्यकास्थित भक्तपुर र नक्साल तथा चितवन र बुटवलको सोरुममा यसको टेष्ट ड्राइभ क्याम्पनेसमेत सुरु गरेको छ । ग्राहकले बेनेली १८० एसको टेष्ट ड्राइभ गरेर गोलाप्रथा मार्फत हेल्मेट, ग्लोब, ज्याकेट वा घडी मध्ये कुनै एक उपहारको रुपमा प्रदान गरिने कम्पनिले बताएको  छ ।





Our latest comments