एबीएस सहितको पल्सर एनएस-२०० सार्वजनिक

बजाजको सर्वाधिक लोकप्रिय नेकेड मोटरसाइकल एनएस २०० एबीएस सहित सार्वजनिक भएको छ । लामो समयदेखि नेपालमा बिक्री वितरण भइरहेको एनएस–२०० सेग्मेन्टमै सर्वाधिक बिक्री हुने बाइक हो । अहिले बजारमा बिक्री भइरहेको एनएस–२०० मा एबीएस सुबिधा उपलब्ध छैन । यो मोटरसाइकल नेपाली बजारमा भने फेस्टिभ सिजनमा मात्र आउने छ ।

अब आउने परिमार्जित मोडलमा भने सिंगल च्यानल एबीएस रहेको छ । उक्त मोडललाई बजाजले केही समयअघि भारतीय बजारमा सार्वजनिक गरेको थियो । यो बाइकमा १९९ सीसी सिगंल सिलिन्डर ४ भल्भ, लिक्वीड कूल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९ हजार ५ सय आरपीएममा २३.१७ बीएच पावर तथा ८ हजार आरपीएममा १८.३ एनएम टर्क जेनेरेट गर्छ । 

एनएस–२०० अत्याधिक पावरमा कारण समेत युवावर्गको पहिलो रोजाइमा पर्न सफल भएको हो । बाइकको फ्रन्टमा एन्टी फ्रिक्सन टेलिस्कोप फर्क रहेको छ भने, रियरमा निट्रोक्स मोनोशक रहेको छ । यसमा डे टाइम रनिङ हेडलाइट र एलइडी टेलल्याम्प दिइएको छ । ६ स्पीडको गियर बक्स रहेको बाइकमा मल्टी डिस्क हाइड्रोलिक कल्च रहेको छ । ब्रेकिङमा एबीएससहित फ्रन्टमा ३०० र रियरमा २३० एमएमको क्यालीपर पेटल डिस्क ब्रेक उपलब्ध रहेको छ । 

१७ इन्चको ट्यूवलेस अलोय ह्वील रहेको बाइकमा सेमी डिजिटल कन्सोल रहेको छ । एनालग टेकोमिटर दिइएको बाइकमा स्पीडोमिटर, फ्यूल गज, लो फूल इन्डिकेटर, ट्रिपमिटर, क्लक जस्ता डिजिटल फिचर रहेको छन् । यो बाइकले प्राइस लुक पावरका आधारमा एफजेड–२५०, सीएफमोटो–२५० एनके डुक–२०० जस्ता बाइकसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपाली बजारमा यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ ।


Share Page

1 Comments

  1. 5 days ago top erectile dysfunction pills

    buy erectile dysfunction pills top erectile dysfunction pills buy erectile dysfunction meds online http://toperectiledysfunctionpills.com/

Write a comment

menu
menu