Home / Blogs / बजाज पल्सर २२० अब नयाँ इन्जिन र एबीएसका साथ
  • Latest Bikes
  • 0

बजाज पल्सर २२० अब नयाँ इन्जिन र एबीएसका साथ

Nepal Auto Trader

Share this News

image


बजाज पल्सर २२० एफलाई कम्पनीले नयाँ इन्जिनको साथ सार्वजनिक गरेको छ । बजाज पल्सर २२० एफलाई नयाँ इन्जिनका साथ उपलब्ध भएको छ । सो बाइकमा नयाँ एफआई इन्जिनका साथै अप्सनको रुपमा सिंगल च्यानल एबीएस समेत राखिएको छ । रेगुलर मोडलभन्दा बीएस ६ इन्जिनयुक्त नयाँ पल्सर २२० को ग्राफिक्समा समेत निकै परिवर्तन गरिएको छ ।

कम्पनीले नयाँ पल्सर २२० एफमा ट्विन–पर्ड हेडलइट, एलईडी टेललाइट, सेमिफेयरिङ डिजाइन, इन्जिन कौल, क्लिप अन स्टाइल ह्याण्डलबार, टु पाई ग्रयाब रेलको साथ स्प्लिट सिट जस्ता विशेषता उपलब्ध गराएको छ ।

आरामदायी यात्राको लागि अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि ट्विन साइड रियर स्प्रिङ (पाँच तिर एड्जस्ट गर्न मिल्ने) शक दिइएको छ । साथै सुरक्षाको लागि अगाडि २६० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइएको छ ।

यसमा रहेको २२० सीसी २ भल्व, ट्विन स्पार्क, सिंगल सिलिण्डर, आयाल कुल्ड, एफआई इन्जिनले अधिकतम २०.३९ बीएचपी पावर प्रदान गर्ने छ । पहिलेको तुलनामा ०.५४ बीएच पावर कम भएर आएको हो ।

Our latest comments