महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । महिन्द्रा एक्सयूभी ३०० ले यहि जनवरीमा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो, जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर हो ।
यो ग्लोबल एनसीएपीद्वारा गरिएको हालसम्म सञ्चालित भारतका सुरक्षित कार अभियान अन्तर्गत परीक्षण गरिएका कुनै पनि कारहरूमध्ये सवारी साधनमा रहनेहरू सबैका लागि एकीकृत रुपमा पाएको सर्वाधिक सुरक्षा रेटिङ रहेको कम्पनीले जनाएको छ । ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्डको स्पष्र्धा सुरु गरेको थियो ।
महिन्द्रा एक्सयूभी ३०० मा ७ वटा एयरब्याग, सबै चार वटै पाङ्ग्रामा डिस्क बे्रक, फ्रन्ट पार्किङ सेन्सर र हिटेड ओआरभीएमहरुसहितका ‘फस्र्ट–इन–सेगमेन्ट’का थुप्रै विशेषताहरुले यसलाई अतुलनीय बनाएको छ । नेपाली बजारमा पनि महिन्द्राको सो गाडी उपलब्ध छ । ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ एक्सयूभी ३०० नेपाली बजारमा समेत उपलब्ध गराउन पाएकोमा अग्नि इन्कर्पोरेटेडले समेत खुसी ब्यक्त गरेको छ ।
यो एक्सयूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा उत्कृष्ट आन्तरिक सजावट÷बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित भएको जनाएको छ ।
यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ । एक्ययूभी ३००को मूल्य पेट्रोल डब्लूफोर मोडलका लागि ३९,७५,००० र डिलेज डब्लूफोर मोडलका लागि ४१,२५,००० तोकिएको कम्पनीले जनाएको छ । यो नेपालभरका सबै अग्नि इन्कर्पोरेटेडका डिलरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
PREVIOUS NEWS
NEXT NEWS