Home / Blogs / बजाज पल्सर १८० सार्वजनिक; यस्तो छ मूल्य र विशेषता
  • Upcoming Bikes
  • 0

बजाज पल्सर १८० सार्वजनिक; यस्तो छ मूल्य र विशेषता

Nepal Auto Trader

Share this News

image

बजाजले पल्सर १८० को २०२१ भर्सन बजारमा सार्वजनिक गरेको छ । भारतीय बजारबाट सार्वजनिक गरिएको पल्सर १८० नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने छ । गत वर्ष सेमी फेयर्ड पल्सर १८० एफ बजारमा ल्याएर पल्सर १८० बन्द गर्ने कम्पनिले घोषणा गरिएको थियो तर फेरि अब पल्सर १८० बजारमा आउने अर्को घोषणा कम्पनिले गरेको छ । पल्सर सिरिजलाई थप मजबुद बनाउन पल्सर १८० ल्याएको बजाज मोटरसाइकलले जनाएको छ । नेपालमा पनि विक्री हुँदै आएको पल्सर १८० बन्द भएको मोडल हो ।


बजाजले पल्सर १८० मा १७८.६ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिन प्रदान गरेको छ जुन इन्जिनले अधिकतम १७.०२ पीएस पावर र १४.५२ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । पल्सर १८० मा दुबै १७ इन्चको अलोय ह्वील प्रयोग हुने छ । दुबै चक्कामा डिस्क ब्रेक र साथमा सिगंल च्यानल एबीएस समाबेश गरिएको छ । पल्सर १८० को अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि ट्वीन ग्यास चार्जर शक एब्जर्बर रहको कम्पनिले जनाएको छ ।


पल्सर १८० मा पल्सर १५० को जस्तै सेमि डिजिटल इन्ट्रुमेन्ट कन्सोल रहने छ । यसका साथै हेलोजिन हेडल्याम्पको साथ ट्वीन पाइलट लाइट, विकिनी फियरिङ, मस्कुलर फ्यूल ट्याङक, सार्प टेल लाइट सेक्सन जस्ता विशेषता पल्सर १८० मा रहेको छ । बजाज पल्सर १८० हाल एक कलर अप्सनमा मात्र रहेको छ ।  यो बाइकको तौल भने पुरानो बाइकको भन्दा केहि बृद्धि हुने छ । २०२१ भेरियन्टमा कम्पनीले पल्सर २२० को समान प्रोजेक्टर हेडल्याम्प दिएको छ । 


कम्पनीले यसको मूल्य १ लाख ७ हजार ९०४ भारतीय रुपैयाँ तोकेको छ । यसको नेपाली बजार मुल्य भने तय भएको छैन । विशेष गरी टीभीएस अपाचे सिरिज, हिरो एक्स्ट्रीम १६० आर र होन्डा हर्नेट २.० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नको लागि कम्पनीले पल्सर १८० ल्याएको हो। बजाज पल्सर १८० लाई फेरि बजारमा ल्याउनुको कारण बजाजले प्रेस नोटमार्फत सार्वजनिक गरेको छ । बजाज पल्सर १८० लाई नेपाली बजारमा पनि छिट्टै ल्याउने कम्पनिको दाबी छ ।

Our latest comments