Home / Blogs / थप विशेषता सहित एफआई इन्जिनको साथमा आयो होन्डा युनिकर्न १६०
  • Latest Bikes
  • 0

थप विशेषता सहित एफआई इन्जिनको साथमा आयो होन्डा युनिकर्न १६०

Nepal Auto Trader

Share this News

image

होन्डा मोटरसाइकल एन्ड स्कुटरले चर्चित युनिकर्न मोटरसाइकल बीएस ६ इन्जिनको साथमा सार्वजनिक गरेको छ । कम्पनीले सो बाइकको बीएस६ इन्जिनको साथमा मूल्य पनि बढाएको छ ।  सन् २००४ बाट उत्पादन सुरु भएको होन्डा यूनिकर्न नेपाली सडकमा पनि बाक्लो उपस्थिति रहेको मोटरसाइकल हो । सुरु १५० सीसी क्षमतामा ल्याइएपनि सन् २०१५ मा कम्पनीले १६० सीसी क्षमतामा उत्पादन सुरु गरिएको थियो ।कम्पनीले होन्डा यूनिकर्नलाई पूर्ण नयाँ डिजाइन र इन्जिनमा ल्याएको छ ।

सो बाइक एक भेरिएन्टमा मात्र उपलब्ध हुनेछ । कम्पनीले सो बाइकको १५० सीसी भर्सन बन्द गरेको छ । कम्पनीले सो बाइकको स्टाइलिङमा केही परिवर्तन गरेको छ । नयाँ युनिकर्नमा इन्जिन किल स्विच समावेश गरिएको छ । कम्पनीले नयाँ यूनिकर्नमा ७९८ एमएमको सिट हाइट, १८ इन्चको अलोय ह्वील, १३३५ एमएमको ह्वीलवेस र पहिलेभन्दा धेरै १८७ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसमा हेडल्याम्प कौलमा केही परिमार्जन गरिएको छ भने १३ लिटरको इन्धन ट्याङ्की दिइएको छ ।

होन्डा युनिकर्न १६० बीएस६ मा १६२.७ सीसीको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ र यो फ्युल इन्जेक्सन र होन्डा ईको टेक्नोलोजीको साथमा उपलब्ध रहेको छ । सो इन्जिनले १२.७३ बीएचपीको पावर र १४ एनएमको टर्क जेनेरेट गर्छ । सो टर्क आउटगोइङ टर्क भन्दा बढी रहेको छ । जसको टर्क १२.८ रहेको छ । बाइकमा कम्पनीको थ्रीडी लोगो पनि रहेको छ । यसले पहिलेभन्दा करिब १५ प्रतिशत बढी माइलेज प्रदान गर्नेछ । कम्पनीले यसमा खासै धेरै परिमार्जन गरेको छैन । यसमा इन्जिन किल स्वीच र डिसी हेडल्याम्प स्वीच दिएको छ ।

होन्डा कम्पनीको हाल ५ मोडल बीएस ६ इन्जिन भएको दाबी गरेको छ । यसमा एक्टिभा १२५ बीएस ६, एसपी १२५, एक्टिभा टुजी, डियो बीएस ६ र साइन बीएस ६ रहेका छन् । कम्पनीले चाँडै नै बीएस ४ मोडलको प्रोडक्सन बन्द गर्ने घोषणा गरेको छ । विगत १६ वर्षमा करिब २५ लाख होन्डा यूनिकर्न विश्व बजारमा बिक्री भएको तथ्यांक होन्डाले यसअघि नै सार्वजनिक गरिसकेको छ । 

Our latest comments