Home / Blogs / संसारकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार सिट्रोन एमी
  • Latest Cars
  • 0

संसारकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार सिट्रोन एमी

Nepal Auto Trader

Share this News

image

फ्रान्सको अटोमोबाइल कम्पनी सिट्रोनले फुल इलेक्ट्रिक कार एमी सार्वजनिक गरेको छ । कम्पनीले सो कार सबैभन्दा पहिला युरोपमा सार्वजनिक गर्नेछ । सिट्रोन एमी सानो कार हो र यसलाई लाइट क्वाड्रिसाइकलको श्रेणीमा राखिएको छ । सो कार फ्रान्समा १४ वर्षको बच्चा र अन्य देशमा १६ वर्षको बच्चाले पनि चलाउन सकिन्छ ।

युरोपमा सो इलेक्ट्रिक कारको मूल्य लगभग ६ हजार डलर रहेको छ । सो कारमा दुई जना यात्रा गर्न सकिन्छ । सो इलेक्ट्रिक कार भीडभाड शहरको लागि उपयुक्त रहेको छ । सो कार एमी वान कन्सेप्ट कारमा आधारित कारको प्रोडक्सन भर्सन हो । सो कार गएको वर्ष जेनेभा मोटर शोमा प्रदर्शन गरिएको थियो ।

कम्पनीले सो इलेक्ट्रिक कार भाडामा पनि दिने व्यवस्था मिलाएको छ । सिट्रोन एमीको लम्बाइृ २४१० एमएम, चौडाई १३९० एमएम र उचाई १५२० एमएम रहेको छ । सो कारमा १४ इन्चको टायर जडान गरिएको छ । सो कारमा प्यानोरामिक सनरुफ स्ट्यान्डर्ड समावेश गरिएको छ । जबकि यसको साइड विन्डो म्यानुअल रहेको छ ।

क्वाड्रिसाइकलमा ५.५ किलोवाटको व्याट्री प्याक समावेश गरिएको छ । साथै ६ किलोवाटको मोटर जडान गरिएको छ । फुल चार्जिङमा सो कारले ७० किलोमिटरको दुरी तय गर्छ । सो कारको टप स्पिड ४५ किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीका अनुसार सो इलेक्ट्रिक कार ३ घन्टामा स्ट्यान्डर्ड युरापियन २२० भोल्ट सकेटबाट फुल चार्ज गर्न सकिन्छ ।

Our latest comments