Home / Blogs / एकपटकको चार्जमा ११९ किलोमिटर चल्ने विद्युतीय बाइक
  • Latest Bikes
  • 0

एकपटकको चार्जमा ११९ किलोमिटर चल्ने विद्युतीय बाइक

Nepal Auto Trader

Share this News

image

अमेरिकी अटो कम्पनी जिरो मोटरसाइकल्सले नयाँ विद्युतीय बाइक ‘जिरो डिएस जेडएफ ६.५’ ल्याएको छ। यो बाइक एकपटक पूरा चार्ज गरेपछि ११९ किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ।

अटोसम्बन्धी समाचारमाध्यमले उल्लेख गरेअनसार यो बाइक चार्ज हुन मात्र ४ घण्टा लाग्छ। यदि कुनै सुपरचार्जरबाट चार्ज गरेमा मात्र ९० मिनेट लाग्ने कम्पनीको भनाइ छ। बाइकको नाममा भएको डिएसको अर्थ डुअल सपोर्ट हो।

म्पनीका अनुसार यो हरेक किसिमको बाटोका लागि उपयुक्त छ। यसमा एडजस्टएबल सस्पेन्सन हुनुका साथै यसको बाहिरी बनावट आलुमिनियमको हलुका फ्रेमबाट बनाइएको छ।

इटालियन कम्पनी पिरेलीका मोटा टायर भएको यो विद्युतीय बाइकको अधिक गति १६० किलोमिटर प्रतिघण्टा छ।

यसको मूल्य करिब करिब ११ हजार डलर तोकिएको छ।

Our latest comments