नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित सुपर स्पोर्टस् बाइक आर १५ (भर्सन ३.०) सार्वजनिक गरेको धेरै समय भएको छैन । अप्रिल डेडलाइन भन्दा अगाडीनै कम्पनीले नयाँ सुरक्षा विशेषतासँगै बाइमामा सिगंल च्यानल एबिएस, आक्रोपोभिक एक्सजस्ट सिस्टम, एड्जस्टेबल ब्रेक, क्लच लिभर तथा एरोडायनामिक विङ्गलेट्सलगायतका फिचरसहित आर १५ भी ३ सार्वजनिक गरेको हो ।
नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन छ। बाइकमा स्टाइललिस्ट एलईडी हेडलाइट, टल वाइन्ड–स्क्रिन, वाइन्ड डिफ्लेक्टरलगायतका विशेषता उपलब्ध छन् । साथै, पुरानो मोडलमा उपलब्ध रियर भ्यू-मिररलाई क्लिपअन ह्यान्डबारले विस्थापन गरेको छ । साथै, डिजाइनरले मोटरसाइकलको फ्यूल ट्याङ्कीमा ग्रिप लगाएको छ । यसमा उपलब्ध १५५ सीसी लिक्विड सिङ्गल सिलिन्डर इन्जिनले १०००० आरपीएममा १९.३ पीएस पावरकासाथै १४.७ एनएम-टर्क उत्पादन गर्छ ।
त्यस्तै ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता प्रविधि जडान गरिएको छ। सन् १९९८ मा आर १ लन्च भएपछि सुरु भएको रेसिङ विरासतलाई निरन्तरता दिँदै यामाहाले नयाँ आर १५ भी ३ आधुनिक विशेषतामा ल्याएको हो। यसको इन्जिनमा सिक्स–स्पीड ट्रान्समिसन लगाइएको छ ।
आर१५ को नयाँ संस्करणमा यामाहाले क्रान्तिकारी ‘भीभीए सिस्टम’ समावेश गरेको छ, जसले तल्लो र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ। यसले पर्फमेन्सलाई अझ दमदार बनाइदिन्छ। त्यसैगरी, ‘ए एन्ड एस क्लच’ले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ। १३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३लाई फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइटले थप विशेष बनाएको छ। साथै, ‘एग्रेसिभ राइडिङ पोजिसन‘ र चौडा टायरले राइडिङमा थप उत्साह प्रदान गर्छ।
PREVIOUS NEWS