Home / Blogs / एफआई इन्जिनसहित यामाहा एक्सटीजेड १५० नेपालमा सार्वजनिक
  • Latest Bikes
  • 0

एफआई इन्जिनसहित यामाहा एक्सटीजेड १५० नेपालमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा यामाहाको नयाँ डर्ट बाइक एक्सटीजेड १५० सार्वजनिक भएको छ । डर्ट बाइकका सौखिनहरुले सो बाइक अब नेपाली बजारमा  किन्ने मौका पाउने भएका छन् । कम्पनीले ब्राजिलमा उत्पादन भएको यामाहा एक्सटीजेड-१५० नेपालमा बिक्री शुरु गरेको हो ।यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले औपचारिक रुपमा यसको जानकारी प्रदान नगरे पनि देशभरका विभिन्न डिलरहरुमा सो बाइक पुगिसकेको छ । कतिपय डिलरहरुले बुकिङका लागि सामाजिक सञ्जालमार्फत अनुरोध समेत गरेका छन् ।


नेपाली बजारमा यो भन्दा पहिले १२५ सीसीको यामाहा एक्सटीजेड उपलब्ध छ । अब अलि माथिल्लो भर्सन चाहनेका लागि यो १५० सीसीमा उपलब्ध छ । यामाहाको नयाँ एड्भेन्चर बाइकमा १४९.३ सीसीको फोर स्टोक, एसओएचसी २ भल्व, सिंगल सिलिन्डर, एयर कुल्ड, एफआई इन्जिन रहेको छ । जसले ७५०० आरपीएममा १२.३ बीएच पावर र ६००० आरपीएममा १२.७५ एनएम टर्क उत्पादन गर्छ भने ११० किलोमिटर प्रतिघन्टा टप स्पीड रहेको छ ।


वेट मल्टी डिस्क क्लचयुक्त एक्सटीजेड-१५० मा ५ स्पीडको गियरबक्स दिइएको छ । अफरोडको लागि विशेष किसिमले डिजाइन गरिएको यो बाइकले प्रतिलिटर ४० किलोमिटर माइलेज प्रदान गर्ने बताईएको छ । २३४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको बाइकको सिट हाइट ८४० एमएम रहेको छ । यो बाइकको लम्बाई २०४९ एमएम, चौडाई ८२९ एमएम र उचाई ११५९ एमएम रहेको छ भने बाइकको ह्वील बेस भने १३४९ एमएम रहेको छ । बाइकको तौल १२४ केजी रहेको छ ।


२३४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको बाइकको सिट हाइट ८४० एमएम रहेको छ । ११ लिटरको फियूल ट्याङ्क रहेको यो बाइकमा ३ लिटरको रिर्जभ ट्याङक रहको छ । अगाडिको चक्कामा २४५ एमएम र पछाडि २०३ एमएमको हाइड्रोलिक डिस ब्रेक रहेको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि १६० एमएमको मोनो-क्रस रियर स्केल सस्पेन्सन रहेको छ । यस्तै यसको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको डबल पर्पस ह्वील दिइएको छ । यसको मूल्य ४ लाख ७५ हजार रुपैयाँ हुने बताइएको छ । यामाहाको यो बाइक पनि फ्युल इन्जेक्सन अर्थात एफआई टेक्नोलोजीमा आधारित छ ।

Our latest comments