यामाहा आर १५ भी ३ डबल च्यानल एबिएससहित अब नेपाली बजारमा

केही समय अगाडि नेपाली बजारमा सार्वजनिक भएको यामाहा आर १५ भी ३ अब डुअल च्यानल एबीएससहित आएको छ । सार्वजनिक भएको छोटो समयमा नै नेपाली ग्राहकको मन जित्न सफल भएको बाइकमा कम्पनीले नयाँ सुरक्षा फिचर थप गरेर ल्याएको हो । 

यो बाइकमा फोर–भल्भ, फोर–स्ट्रोक सिङ्गल सिलिन्डर भीभीए–१५५ सीसी क्षमताको लिक्विड–कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १० हजार आरपीएममा १९.४ बीएचपी पावर तथा ८ हजार ५ सय आरपीएममा १४.७ एनएम–टर्क जेनेरेट गर्छ ।

यसको रेसिङ्ग लूक्स, आकर्षक डिजाइन, उच्च माइलेज, उत्कृष्ट ब्रेकिङ, स्लिपर कल्च, भीभीए इन्जिन, मस्कुलर बडीजस्ता फिचरले यो बाइकलाई उत्कृष्ट बनाएको छ ।

१५० सीसी सेग्मेन्टमा नै पहिलो भीभीए इन्जिन रहेको यो बाइकमा सिक्स–स्पीडको गियर बक्स रहेको छ । यो बाइकमा रेगुलर क्लचलाई हटाएर कम्पनीले स्लिपर क्लच दिएको छ । जसले गियर चेन्च गर्दा छिटो तथा क्लच रिलिज गर्दा बाइकमा आउने झट्कालाई कन्ट्रोल गर्छ ।

बाइकमा ११ लिटर क्षमताको फ्यूल ट्याङ्क दिएको छ, फ्यूल इन्जेक्सन इन्जिन रहेको यो बाइकले ३५ किलोमिटर माइलेज प्रदान गर्छ ।

६ स्पिड गियरबक्स रहेको सो मोटरसाइकल प्रतिघन्टा १ सय ३५ किलोमिटरको गतिमा कुद्न सक्ने बताइएको छ ।

यसमा फुल एलईडी हेडल्याम्प र स्लिपर क्लच रहेको छ भने अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरका साथै एलईडी टेल ल्याम्प पनि दिइएको छ

सो बाइकको मूल्य ४ लाख ५५ हजार ९०० रुपैयाँ रहेको छ । । नेपाल भरका यामाहा सोरुमबाट यसको बुकिङ गर्न सकिने बताइएको छ ।


Share Page

0 Comments

Write a comment

menu
menu