Home / Blogs / यामाहा आर-१५ भी ४ नेपालमा चाँडै विक्री सुरु हुने; यस्तो छ मुल्य
  • Latest Bikes
  • 0

यामाहा आर-१५ भी ४ नेपालमा चाँडै विक्री सुरु हुने; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

यामाहाले नेपाली बजारमा अब छिट्टै आर-१५ भी ४ सार्वजनिक गर्ने भएको छ । यस अघी यामाहाले नयाँ मोटरसाइकल यामाहा आर-१५ एम सार्वजनिक गरेको हो । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारि विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले आर १५ भी ४ को विक्री कहिले सुरु हुन्छ भन्ने विषयमा भने केही जानकारी दिएको छैन । यसको मूल्य सार्वजनिक भएको कारण चाँडै विक्री सुरु हुने अनुमान गरिएको हो । यामाहाको इन्ट्री लेवल स्पोर्टस मोटरसाइकल आर १५ को नयाँ भर्सन भी ४ केही दिन पहिले भृकुटीमण्डपमा सम्पन्न महा एक्सचेन्ज मेलामा प्रदर्शन गरिएको थियो ।


नयाँ आर-१५ भी फोरमा १५५ सीसी क्षमताको लिक्वीड कुल्ड भिभिए एफआई, ४ स्ट्रोक, ४ भल्भ इन्जिनको दिइएको छ जुन इन्जिनले अधिकतम १८.३ बीएच पावर र १४.१ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्सको साथमा स्लीपर क्लच रहेको छ । सो मोटरसाइकलमा अगाडि र पछाडि डिस्क ब्रेक दिइएको छ भने यस बाइकमा डबल–च्यानल एबीएस पाउन सकिन्छ । यसको अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन रहेको छ । 


यामाहा आर १५ भी ४ को लम्बाई १९९० एमएम, चौडाई ७९० एमएम, उचाई ११३५ एमएम, ग्राउण्ड क्लियरेन्स १७० एमएम र १३२५ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा ११ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ३० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । मोटरसाइकलको कुल तौल १४२ किलोग्राम रहेको छ ।


यामाहा आर-१५ भी ४ मा एग्जस्ट, ठूलो विन्ड स्कृन, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्लुटुथ कनेक्टीभीटी, नयाँ ठाउँमा फुटपेग, अपडेट गरिएको बडी ग्राफिक, यूएसडी फर्क, नयाँ हेडलाइट, प्रोजेक्टर एलईडी ल्याम्प, सिंगल पड हेडल्याम्पका साथै डिआरएल, क्विक सिफ्टर, स्लिपर क्लच, स्ट्यान्ड सेन्सर, परिस्कृत रियर फेन्डर जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसमा डेल्टाबक्स फ्रेम र आल्मुनियम स्विङ आर्मको प्रयोग गरिएको छ । सो बाइकमा स्पोर्ट र स्ट्रिट गरी दुई राइडिङ मोड उपलब्ध छ ।


केहि दिन पश्चात नेपाली बजारमा विक्री सुरु हुने यामाहा आर-१५ भी ४ को मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले हाल यो बाइकको बुकिङ मात्र खुल्ला गरेको छ । यामाहाले आर-१५ एमको भने विक्री सुरु गरेको छ । विक्री सुरु भएको यो मोटरसाइकलको मूल्य भने ५ लाख ७४ हजार ९०० रुपैयाँ तोकिएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।









Our latest comments