यामाहाको नयाँ मोटरसाइकल आर-१५ एम नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक भएको छ । नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले आर-१५ एमको आधिकारी रुप्मा विक्री सुरु भएको पनि जनाएको छ । कम्पनीले गत वैशाखमा आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी उक्त बाइक सार्वजनिक गरिएको थियो । कम्पनीका अनुसार सो मोटरबाइकमा उत्कृष्ट प्रविधि र विशेषताहरू पाउन सकिन्छ ।
यामाहा आर १५ एममा १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स छ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा रहेको छ । आर १५ एममा ट्रयाक्सन कन्ट्रोलका साथै क्वीक सिफ्टर र स्लीपर क्लचसमेत दिएको छ भने यसमा डेल्टाबक्स फ्रेम र आल्मुनियम स्वीङ आर्मको पनि प्रयोग गरिएको छ । कम्पनीका अनुसार भरपर्दो ब्रेकिङका लागि यसमा डुअल च्यानल एबिएसको प्रायोग गरिएको छ ।
यामाहा आर १५ एमको लम्बाई १९९० एमएम, चौडाई ७९० एमएम, उचाई ११३५ एमएम, ग्राउण्ड क्लियरेन्स १७० एमएम र १३२५ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा ११ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १४२ केजी रहेको छ । सो बाइकले ३० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । सो मोटरसाइकलमा अगाडि र पछाडि डिस्क ब्रेक दिइएको छ भने यस बाइकमा डबल–च्यानल एबीएस रहेको छ । यसको अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन रहेको छ ।
यामाहा आर १५ एममा एग्जस्ट, ठूलो विन्ड स्कृन, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्लुटुथ कनेक्टीभीटी, नयाँ ठाउँमा पुटपेग, अपडेट गरिएको बडी ग्राफिक, यूएसडी फर्क, नयाँ हेडलाइट, प्रोजेक्टर एलईडी ल्याम्प, सिंगल पड हेडल्याम्पका साथै डिआरएल, क्विक सिफ्टर, स्लिपर क्लच, स्ट्यान्ड सेन्सर, परिस्कृत रियर फेन्डर जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । त्यस्तै यसमा सुपर वाइड १४० एमएमको रेडियल टायर पाउन सकिन्छ । सो बाइकमा स्पोर्ट र स्ट्रिट गरी दुई राइडिङ मोड उपलब्ध छ ।
यामाहा आर-१५ एम सिल्भर कलर अप्सनमा उपलब्ध रहेकाे छ । कम्पनीले यामाहा आर-१५ एमको नेपाली बजार मूल्य ५ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको जनाएको छ । आर-१५ एम नेपालभरिका यामाहा शोरुममा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।